Logo

२०८३, श्रावण ३०गते


images
images

बागी उम्मेदवार बनेका लुम्बिनीका पूर्व मुख्यमन्त्री केसी नेकपाबाट निष्कासित

बागी उम्मेदवार बनेका लुम्बिनीका पूर्व मुख्यमन्त्री केसी नेकपाबाट निष्कासित

images
  • बागी उम्मेदवार बनेका लुम्बिनीका पूर्व मुख्यमन्त्री केसी नेकपाबाट निष्कासित
    images
    images

    काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेको आरोपमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीसहित सात जनालाई पार्टीबाट निष्कासन गरेको छ।

    images
    images
    images

    नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै अनुशासन उल्लंघन गरेको ठहरसहित कारबाही गरिएको जानकारी दिएका हुन्। विज्ञप्तिअनुसार दाङमा बागी उम्मेदवार बनेका केसीसहित सिन्धुलीका हरिबोल गजुरेल र महेश्वर दाहाल, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ शाह, सिरहाकै राजकुमारी शाह तथा जीवछ साहलाई पार्टीबाट निष्कासन गरिएको छ।

    images
    images
    images

    आधिकारीक उम्मेदवार मेटमणी चौधरी विरुद्ध लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका केसीले पार्टी निर्णयविपरीत उम्मेदवारी दिएर संगठनात्मक अनुशासन तोडेको आरोप लगाइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।