Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधि सभा निर्वाचन

निर्वाचन आयोगबाट प्रतिनिधि सभाको उम्मेदवारका वैयक्तिक विवरण सार्बजनिक

निर्वाचन आयोगबाट प्रतिनिधि सभाको उम्मेदवारका वैयक्तिक विवरण सार्बजनिक

images
  • निर्वाचन आयोगबाट प्रतिनिधि सभाको उम्मेदवारका वैयक्तिक विवरण सार्बजनिक
    images
    images

    काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्धारित मितिमा मनोनयन पत्र दर्ता गरी दर्ता कायम रहेका उम्मेदवारको  वैयक्तिक विवरण सार्बजनिक गरेको छ ।

    images
    images
    images

    आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ (१) बमोजिम अनुसूची - १० अनुसार मनोनयन पत्रसँगै पेस गरेको वैयक्तिक विवरण सोही दफाको उपदफा (३) बमोजिम सार्वजनिक गरेको हो ।

    images
    images
    images

    आयोगले निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा विश्वसनीय बनाउनका लागि उम्मेदवारका वैयक्तिक विवरणहरू सार्वजनिक गर्नु आवश्यक रहेको हुँदा आयोगले कानुनी व्यवस्था अनुसार सम्बन्धित सबै उम्मेदवारहरूले पेस गरेका विवरणहरू आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रकाशन गरेको छ ।

    images
    images
    images

    यसले मतदाता, सरोकारवाला निकाय, सञ्चार माध्यम तथा आम नागरिकलाई उम्मेदवार सम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सहज बनाउने उद्देश्य अनुरुप उक्त वैयक्तिक विवरणहरू आयोगको आधिकारिक वेबसाइट https://result.election.gov.np मा उपलब्ध गराइएको जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।