Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

जग्गा पासको सिफारिस गर्दा भ्रष्टाचार गरेको आरोपमा चारजनाविरुद्ध मुद्धा दायर

जग्गा पासको सिफारिस गर्दा भ्रष्टाचार गरेको आरोपमा चारजनाविरुद्ध मुद्धा दायर

images
  • जग्गा पासको सिफारिस गर्दा भ्रष्टाचार गरेको आरोपमा चारजनाविरुद्ध मुद्धा दायर
    images
    images

    काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष म.जलालुदिन मंसुरसमेत ४ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी एवं गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक भतौडा गाविस-२ को जग्गा रजिष्ट्रेशन लिखित पारित गर्ने क्रममा उक्त जग्गामा कम्पाउन्ड वाल सहितको पक्की घर टहरा र उक्त जग्गा वीरगञ्‍ज कलैया हुलाकी सडकमा भएकोमा बाटोसँग नजोडिएको र घर नभएको भनी गलत सिफारिस गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ । 

    images
    images
    images

    अख्तियारले कलैया उपमहानगरपालिका-३ का तत्कालीन वडा अध्यक्ष म.जलालुदिन मंसुर र तत्कालीन वडा सचिव रघु प्रसाद सहनी गोढीलाई ६ लाख ९४ हजार ६५१, जग्गा बिक्रीकर्ता रौफ मिया मन्सुरलाई ३ लाख ७७ हजार र जग्गा खरिदकर्ता हिरालाल प्रसादलाई ३ लाख १८ हजार ६५१ बिगो माग गर्दै मुद्धा दायर गरेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।