Logo

२०८३, श्रावण ३०गते


images
images

ओलीको पोष्टमा बालेनले गरेको कमेन्टप्रति निर्वाचन आयोगमा उजुरी

ओलीको पोष्टमा बालेनले गरेको कमेन्टप्रति निर्वाचन आयोगमा उजुरी

images
  • ओलीको पोष्टमा बालेनले गरेको कमेन्टप्रति निर्वाचन आयोगमा उजुरी
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

    images
    images
    images

    बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीको स्ट्याटसमा गरेको कमेन्ट निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक अभिव्यक्ति दिएको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी परेको हो । आयोगमा धर्मराज तिमिल्सिनाले सो उजुरी दिएका हुन् ।

    images
    images
    images

    उजुरीमा बालेनले कमेन्टमा प्रयोग गरेको '७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने' जस्ता शब्दहरू गम्भीर र तथ्यहीन आरोप भएको दाबी गर्दै यसले राजनीतिक दलप्रति जनघृणा फैलाउने र मतदाताको मानसिकता भ्रम उब्जाउने उल्लेख गरिएको छ ।

    images
    images
    images

    उजुरीमा नेपालको संविधान, निर्वाचन आचारसंहिता र प्रचलित कानूनले निर्वाचन अवधिमा भ्रामक सूचना, घृणात्मक अभिव्यक्ति तथा अपुष्ट आरोप प्रयोग गरी मतदातालाई प्रभावित पार्न निषेध गरेको स्मरण गराउँदै सो अभिव्यक्तिको तथ्यपरक छानबिन गरी आचारसंहिता विपरीत ठहर भएमा आवश्यक कारबाही गर्न माग गरिएको छ ।

    आइतबार ओलीले लेखेको स्टाटसमा कमेन्ट गर्दै बालेनले ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिने भन्दै बहसमा नबस्ने बताएका छन् ।

    बालेनले लेखेका छन्- 'आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो ! आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यो पछि अरू कुरा गरौँला ! ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।'

    यस अघि भावि प्रधानमन्त्रीको उम्मेदवारका रुपमा चुनावमा होमिएका नेताबिच पब्लिक डिबेट हुनुपर्ने माग भइरहेको समयमा ओलीले यसका लागि आफू तयार भएको बताएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।