Logo

२०८३, श्रावण ३०गते


images
images

मौसम पूर्वानुमान : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव

मौसम पूर्वानुमान : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव

images
  • मौसम पूर्वानुमान : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव
    images
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ ।

    images
    images
    images

    हाल गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ र बाँकी भू-भागमा आंशिक बादल लागेको छ।

    images
    images
    images

    विभागले आज सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू-भागका केही स्थानहरूमा मध्यम वर्षा तथा बागमती , मधेश र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा  र कोशी प्रदेशको तराईको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । साथै लुम्बिनी, र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गको पनि सम्भावना रहेको छ । 

    images
    images
    images

    त्यस्तै आज राती देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम  मुख्यतया सफा रहने छ भने  कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम पूर्वानुमान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।