Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधी सभा निर्वाचन - २०८२

रुपन्देही-१ मा नेकपाको एक हजार ५५५ सदस्यीय निर्वाचन परिचालन समिति

रुपन्देही-१ मा नेकपाको एक हजार ५५५ सदस्यीय निर्वाचन परिचालन समिति

images
  • रुपन्देही-१ मा नेकपाको एक हजार ५५५ सदस्यीय निर्वाचन परिचालन समिति
    images
    images

    देवदह । नेपाली कम्यूनिष्ट पार्टी रुपन्देही क्षेत्र नं १ ले एक हजार पाँच सय पचपन्न सदस्यीय निर्वाचन परिचालन मूल समिति घोषणा गरेको छ । बुधवार देवदहमा आयोजित विस्तारित बैठकले परिचालन समिति गठन गरेको पार्टीका प्रदेश सदस्य मोतिलाल ढकालले जानकारी दिए । 

    images
    images
    images

    निर्वाचन मूल परिचालन समितिमा क्षेत्रभित्रका प्रदेश, जिल्ला, क्षेत्र र पालिकाका सबै कमिटीमा पदाधिकारी, सल्लाहकार र सदस्य तथा ३३ वटै वडाका वडा अध्यक्ष रहेको पार्टीले जनाएको छ । समितिको नेतृत्व क्षेत्रीय इन्चार्ज लेखनाथ न्यौपानेले गर्ने पार्टीका देवदह नगर अध्यक्ष दीपक न्यौपानेले बताए । 

    images
    images
    images

    त्यसैगरी पार्टीले परिचालन समितिलाई आवश्यक निर्देशन दिन एक निर्देशक समिति गठन गरेको छ । क्षेत्रमा रहेका पार्टीका केन्द्रीय सदस्यहरु निर्देशक समितिमा रहने छन् । जसमा पार्टीका केन्द्रीय सदस्यहरु सिद्धिचरण भट्टराई, देवेन्द्र पाण्डे, मौक्सुद अली, मात्रिका यादव लगायत रहेको जनाइएको छ । 

    images
    images
    images

    विस्तारित बैठकले घोषणा पत्र लेखन, आर्थिक व्यवस्थापन, मतदाता शिक्षा, सचिवालय र सम्पर्क कार्यालय व्यवस्थापन, महिला, युवा, विद्यार्थी र विभिन्न जातिय संघहरु समेतलाई परिचालन गर्ने गरी अलग्गै उपसमिति गठन गरेको पार्टीले जनाएको छ । 

    नेकपाले पार्टीका केद्रीय सदस्य घनश्याम यादवलाई रुपन्देही क्षेत्र नं १ को उम्मेदवार बनाएको छ । उनी २०६४ को निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।