Logo

२०८३, श्रावण ३०गते


images
images

नलिन्चोक हेलिपोर्ट निर्माण प्रकरण : विशेष अदालतको निर्णयविरुद्ध अख्तियारको सर्वोच्चमा निवेदन

नलिन्चोक हेलिपोर्ट निर्माण प्रकरण : विशेष अदालतको निर्णयविरुद्ध अख्तियारको सर्वोच्चमा निवेदन

images
  • नलिन्चोक हेलिपोर्ट निर्माण प्रकरण : विशेष अदालतको निर्णयविरुद्ध अख्तियारको सर्वोच्चमा निवेदन
    images
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको अनियमितता बारे विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालत गएको छ ।

    images
    images
    images

    अख्तियारले  नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालिन निर्देशक मुरारी भण्डारी र उपप्रबन्धक नल विक्रम थापालाई धरौटीमा रिहा गर्ने विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्चमा निवेदन दिएको जानकारी दिएको छ ।

    images
    images
    images

    विशेष अदालतले गत मङ्सिर २१ मा भण्डारीलाई ५ लाख धरौटीमा र थापालाई माघ १२ गते साढे २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो  ।

    images
    images
    images

    अख्तियारले भण्डारी र थापासहित नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदिप अधिकारीलगायत ७ जनाविरुद्ध नलिन्चोक हेलिपोर्ट निर्माण प्रक्रियामा १३ करोड ५७ लाख ४६ हजार अनियमितता भएको ठहर गर्दै सो बराबरको रकम बिगो माग गर्दै मुद्धा दायर गरेको थियो ।

    आयोगले नलिन्चोकमा नयाँ हेलिपोर्ट निर्माणका लागि अनिवार्य हुने सम्भाव्यता अध्ययन नगरी, पूर्व सहमति तथा कानूनी प्रक्रिया बाइपास गर्दै मनपरी रूपमा डिजाइन, लागत अनुमान, डीपीआर  र खरिद प्रक्रिया अघि बढाइएको निष्कर्ष निकालेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।