Logo

२०८३, श्रावण ३०गते


images
images

थाइल्याण्डको राजपरिवारकी सदस्य सिनेनाथ बिलासकल्यानीद्धारा मायादेवी मन्दिर दर्शन

थाइल्याण्डको राजपरिवारकी सदस्य सिनेनाथ बिलासकल्यानीद्धारा मायादेवी मन्दिर दर्शन

images
  • थाइल्याण्डको राजपरिवारकी सदस्य सिनेनाथ बिलासकल्यानीद्धारा मायादेवी मन्दिर दर्शन
    images
    images

    लुम्बिनी । थाइल्याण्डको राजपरिवारकी सदस्य सिनेनाथ बिलासकल्यानी मायादेवी मन्दिर दर्शन गरेकी छन् । बुद्धको जीवन संग सम्बन्धित प्रमुख चार स्थानको भ्रमणमा निस्केकी उनि विहिबार लुम्बिनी आइपुगेकी थिइन् । उनलाई शुक्रबार लुम्बिनी विकास कोषका सदस्य सचिव दिपक श्रेष्ठ, सिद्धार्थ नगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँ र लुम्बिनी विकास कोषको योजना प्रमुख स्मिता भट्टले स्वागत गरेका थिए । उनि हिजो भारतको सुनौली नाका हुँदै लुम्बिनी आएकी हुन् ।

    images
    images
    images

    ४१ वर्षीया बिलासकल्यानी थाई राजा महावजिरालङकोर्नकी श्रीमती हुन् । राजाले उनलाई शाही नोबल कन्सर्ट (अति विशिष्ट राजपरिवार सदस्य) उपाधि प्रदान गरेका छन् । त्यस्तै राजाले उनलाई भिक्षु भिक्षुणीलाई प्रदान गर्ने चौखुन फ्राको उपाधि पनि प्रदान गरेका छन् ।

    images
    images
    images

    ७० सदस्यीय प्रतिनिधि मण्डलको प्रतिनिधिन्व गर्दै बुद्धले महापरिनिर्वाणको समयमा भनेको चार प्रमुख स्थल बोद्धगया, सारनाथ,कुशीनगर र लुम्बिनीको तीर्थाटनमा निस्केकी उनि भारतका तीन स्थाको दर्शन सकेर नेपाल आएकी हुन् ।

    images
    images
    images

    उनी आजै थाई एयर फोर्सको चार्टर्ड विमान ७३७ बोईङमार्फत २ बजे थाइल्याण्ड फर्कने कार्यक्रम रहेको दुतावासले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मायादेवी मन्दिर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।