Logo

२०८३, आश्विन ११गते


images
images

क्रिकेट

मुम्बई-११ विरुद्धको दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी

मुम्बई-११ विरुद्धको दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी

images
  • मुम्बई-११ विरुद्धको दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले मुम्बई-११ विरुद्ध लगातार दोस्रो अभ्यास खेलमा जित हासिल गरेको छ ।मुम्बईको ब्रेबोर्न क्रिकेट स्टेडियममा शनिबार सम्पन्न अभ्यास खेलमा नेपालले मुम्बई- ११ लाई ४८  रनले पराजित गरेको हो ।

    images
    images
    images

    नेपालले दिएको १८४ रनको लक्ष्य पछाएको मुम्बई- ११ ले २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन बनाएको थियो । यस खेलमा नेपाली बलर सन्दीप लामिछानेले ३ तथा ललित राजबंशी र गुलशन झाले २-२ विकेट लिएका थिए । 

    images
    images
    images

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको थियो । नेपालका लागि आरिफ सेखले अविजित ६६ तन बनाए भने सन्दीप जोराले ३१, गुलशन झाले २३, आसिफ सेखले २५ र लोकेश बमले १५ रन बनाएका थिए ।

    images
    images
    images

    अब नेपालले युएई र क्यानडासँग विश्वकपको वार्मअप खेल खेल्ने भएको छ । नेपालले युएईविरुद्ध फेब्रुअरी ३ मा चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा खेल्ने छ भने यो खेल साँझ सबा ५ बजेदेखि शुरु हुने छ । त्यस्तै अर्को खेल क्यानडाविरुद्ध फेब्रुअरी ५ मा चेन्नईमै खेल्ने तालिका छ । यो खेल दिउसो सवा १ बजेदेखि शुरु हुने छ ।

    नेपाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम विश्वकपमा तेस्रो पटक सहभागी हुदै छ । विश्वकप खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमद रहेका छन् ।

    आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ । नेपालको समूह स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा स्कटल्याण्डसँग खेल्ने छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने तालिका छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुम्बई-११
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।