Logo

२०८३, आश्विन १०गते


images
images

राजनीति

वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना

वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना

images
  • वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना
    images
    images

    काठमाडौँ । योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले आफ्नो अर्धसैन्य संरचना पुनः ब्युँताउने निर्णय गरेको छ । 

    images
    images
    images

    संगठनको केन्द्रीय समितिको भर्चुअल माध्यमबाट बसेको बैठकले देशभरका सबै निर्वाचन क्षेत्रमा विशेष सुरक्षा दस्ता परिचालन गर्ने रणनीति तय गरेको छ ।

    images
    images
    images

    वाईसीएलका अध्यक्ष पुष्प ओलीका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता र उम्मेदवारको सुरक्षाका लागि 'स्पेसल टास्क फोर्स' (एसटीएफ) क्याम्पिङ गर्ने निर्णय गरेको छ । निर्वाचनका क्रममा हुन सक्ने अवरोध रोक्न र आफ्नो पक्षमा माहोल बनाउन संगठनले 'एक बुथ, सय युथ' अवधारणा अनुसार युवा परिचालन गर्ने समेत तयारी गरेको छ । मतदान क्षेत्रकै युवालाई त्यहीँको जिम्मेवारी दिइने र सामाजिक सञ्जालको अधिकतम प्रयोग गरिने जानकारी अध्यक्ष पुष्प ओलीले दिएका छन् ।

    images
    images
    images

    पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र फ्याक्सन इन्चार्ज दीपशिखाले युवाहरूलाई विशेष भूमिका निर्वाह दिएको निर्देशन अनुसार अर्धसैन्य संरचना पुनः ब्युँताउने निर्णय गरेको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वाईसीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।