साइबर ठगी भनेको इन्टरनेट, मोबाइल, सामाजिक सञ्जाल, इमेल वा डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर झुक्याई पैसा, जानकारी वा पहुँच लिने गैरकानुनी काम हो । सामाजिक सञ्जालका एक साधारण क्लिकले खल्ती, ईसेवा वा बैंक खातामा हजारौँ रुपैयाँको ठगी गरिदिने घटना नेपालमा दिनानुदिन सामान्य हुँदै गएको छ ।
नेपाल प्रहरी साइबर ब्युरो (Cyber Bureau) का तथ्याङ्कअनुसार अलार्मिङ स्तरमा औसत ५२ घटना दैनिक गरी दर्ता हुने गरेका छन् ।
फेसबुक र मेसेन्जर सबैभन्दा बढी शोषित प्लेटफर्म हुन् । नेपालमा मात्र होइन, विश्वभर साइबर अपराधको गति बढिरहेको छ । संघीय अनुसन्धान ब्युरो (FBI) को २०२४ रिपोर्ट अनुसार विश्वभर ८६०,००० भन्दा बढी साइबर अपराध उजुरीहरू प्राप्त भए र लगभग $१६.६ अर्ब (१.८ ट्रिलियन रूपैयाँभन्दा बढी) भन्दा बढी रकम व्यक्तिले साइबर ठगीमा गुमाएका थिए ।
साइबर ठगीका सामान्य प्रकार
फिसिङ (Phishing) अनलाइन ठगीका सन्देशमार्फत मानिसलाई झुक्याएर संवेदनशील जानकारी खुलाउन लगाउने प्रक्रिया हो । यो तरिका धेरै प्रकारका साइबर ठगीको मुख्य प्रवेशद्वार बनेको छ ।
फेसबुक र मेसेन्जर सबैभन्दा बढी शोषित प्लेटफर्म हुन्। नेपालमा मात्र होइन, विश्वभर साइबर अपराधको गति बढिरहेको छ। संघीय अनुसन्धान ब्युरो (FBI) को २०२४ रिपोर्ट अनुसार विश्वभर ८६०,००० भन्दा बढी साइबर अपराध उजुरीहरू प्राप्त भए र लगभग $१६.६ अर्ब (१.८ ट्रिलियन रूपैयाँभन्दा बढी) भन्दा बढी रकम व्यक्तिले साइबर ठगीमा गुमाएका थिए ।
FBI का अनुसार अमेरिकामा फिसिङ हाल सबैभन्दा बढी रिपोर्ट हुने साइबर अपराध हो । विशेषगरी ६० वर्षभन्दा माथिका वृद्धवृद्धा यसबाट बढी प्रभावित छन्। FBI को तथ्याङ्कअनुसार, ६० वर्ष वा सोभन्दा बढी उमेरका अमेरिकीहरूबाट फिसिङसम्बन्धी उजुरीहरू अघिल्लो वर्षको तुलनामा आठ गुणाभन्दा बढीले बढेका छन् । उनीहरूले अनलाइन ठगीका कारण कम्तीमा ४.९ अर्ब अमेरिकी डलर गुमाएका छन् । जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (AI) को आगमनसँगै फिसिङको समस्या अझ गम्भीर बनेको छ ।
नेपालमा आर्थिक वर्ष २०८१/८२ मा दर्ता भएका साइबर अपराध (हेर्नुहोस चार्ट)

Reuters (news agency) को अनुसन्धानात्मक रिपोर्टले देखाएको छ कि आज उपलब्ध लोकप्रिय AI च्याटबोटहरू प्रयोग गरेर जो कोहीले पनि सजिलै विश्वसनीय देखिने ठगी योजना बनाउन र कार्यान्वयन गर्न सक्छ । यसबाट के देखिन्छ भने, नेपालजस्तो भर्खरै प्रविधिमा बामे सरेको राष्ट्र मात्रै नभएर विश्वलाई नै प्रविधिको अबको यात्रा मार्गनिर्देश गर्ने राष्ट्र अमेरिकासमेत साईबर फ्रडको चुनौतीसंग जुधिरहेको छ ।
नेपालमा साइबर अपराधको प्रकृति र प्रविधि
साइबर ब्युरोका वरिष्ठ निरीक्षकका अनुसार नेपालमा ठगी, फिसिङ, फेक प्रोफाइल, जबर्जस्ती पैसा माग्ने, बैंकिङ सूचना चोरी र अकाउन्ट ह्याकिङ अभिलेखमा छन् । बैंक खाता भाडामा दिने समस्या हाल नेपालमा बढेर गएको छ र सो खाताहरु लाई दुरुपयोग गरिएको देखिन्छ। अपराधी बच्ने र निर्दोष फस्ने अवस्था देखिन्छ । त्यस्तै, किशोरी/किशोर देखि महिला, पुरुष ,संस्थाहरू र सबै वर्गका उजुरीहरू दर्ता भएका छन् । विशेषगरी, पुरुषहरू वित्तीय ठगीको शिकार भइरहेका छन् भने महिला बढी रुपमा ह्यारेस्मेन्ट, ब्ल्याकमेलिङ र यौन आशयका अपराधका प्रत्यक्ष टार्गेट भएका छन् ।
नेपालमा हाल विद्युतीय कारोबार ऐन, २०६३ मार्फत साइबर अपराधको दण्ड व्यवस्था गरिएको छ । तर, वर्तमान कानून डिजिटल युगका AI प्रयोग, deepfake, क्रिप्टो फ्रड र आधुनिक साइबर आक्रमणहरू जस्ता समस्यालाई सम्बोधन गर्न पर्याप्त छैन । यसैबीच, सरकारले नयाँ “सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक” ल्याएर सजाय र दण्डलाई कडा बनाउन लागेको छ, जसले साइबर अपराधीलाई ५ वर्षसम्म कैद र १० लाखसम्म जरिबाना जस्ता दण्ड प्रावधान गर्दछ ।
साइबर अपराधमा नेपालमा कुन डिजिटल प्लेटफर्म बढी प्रयोग भए ? (हेर्नुहोस चार्ट)

अर्को मुख्य चुनौती भएको समन्वयको अभाव पनी हो । हालको अवस्थामा साईबर ब्युरोमा भौतिक रुपमा नै उपस्थिती भएर बारम्बार फलोअप / ताकेता गर्दा पनि समस्या समाधान हुन समय लाग्ने , अपराधीले आफ्नो अपराध लुकाउन प्रमाण नष्ट गर्ने तथा फरार हुने प्रयाप्त समय पाउने अवस्था देखिन्छ। साईबर ब्युरो तथा समस्त डिजिटल पार्टनरहरुले केन्द्रिकृत प्रणालीको आवश्यकता महसुस गरिरहेको देखिन्छ । बिभिन्न पे हरु , ईसेवा , खल्ती जस्ता वालेट हरु , रेमिटहरु तथा बिभिन्न बैंक तथा वित्तीय संस्था र सेवा प्रदायाहरु बीच API Integration प्रणाली मार्फत केन्द्रिकृत प्रणाली बिकसित गरेर हाल देखिएको समन्वय तथा प्रक्रियागत ढिलाई लाई चिर्दै सुरक्षित तथा भरपर्दो डिजिटल प्रणालीको प्रयोग तर्फ उन्मुख हुनुपर्ने देखिन्छ ।
साईबर ब्युरोमा थप जनशक्ति को व्यवस्था र Ethical Hacker हरुलाई साईबर ब्युरोमा रोजगारीको व्यवस्था हुनुपर्यो, समय - समयमा अधावाधिक गरिएका साईबर कानुन जो सैद्धान्तिक भन्दा पनि व्यवहारिक र कम प्रशासनिक झन्झट सहितका हुनुपर्छ, स्थानिय स्तर बाट साईबर ब्युरोमा उजुरी गर्न सहज पहुच हुनुपर्ने र तत्कालै Hot Line नम्बररुको व्यवस्थापन सहितको केन्द्रिकृत साईबर प्रणाली प्रभावकारी रुपमा २४ सै घन्टा ७ तै दिन संचालनमा हुनुपर्ने देखिन्छ । साईबर ब्युरोमा पीडितले ताकेता गर्ने नभएर साईबर ब्युरो ले नै ताकेता/फलोअप र सचेतना गर्ने प्रणालीको बिकास हुनु आजको आवश्यकता हो । नत्र, डिजिटल नेपालको यात्रा असुरक्षित भविष्यतर्फ मोडिन सक्छ ।
santoshpandeybhawanipur@gmail.com
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology