Logo

२०८३, श्रावण ३०गते


images
images

भ्रष्ट प्रशासक

औषधि खरिदमा भ्रष्टाचार : गाउँपालिकाका चार जनाविरुद्ध मुद्धा दायर

औषधि खरिदमा भ्रष्टाचार : गाउँपालिकाका चार जनाविरुद्ध मुद्धा दायर

images
  • औषधि खरिदमा भ्रष्टाचार : गाउँपालिकाका चार जनाविरुद्ध मुद्धा दायर
    images
    images

    काठमाडौँ । हुम्लाको ताजाँकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकालसमेत चार जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाको औषधि खरिदमा अनियमितता गरेको प्रमाणित भएपछि गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकाल, स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङकु, सहलेखापाल विर्षसिंह सुनार र आर्यन फार्माका संचालक कृष्ण कुमार भुजुवाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    अख्तियारले निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकाल, स्वास्थ्य शाखा प्रमुख स्याङकु र सहलेखापाल सुनारविरुद्ध एक लाख ९१ हजार ८५० बिगो माग गरेको छ भने आर्यन फार्माका संचालक भुजुवाविरुद्ध एक लाख ९० हजार ८ सय बिगो माग गर्दै कानुन अनुसार सजायको माग गरेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।