Logo

२०८३, आश्विन १०गते


images
images

पोखरामा बर्डफ्लुको संक्रमण भेटियो

पोखरामा बर्डफ्लुको संक्रमण भेटियो

images
  • पोखरामा बर्डफ्लुको संक्रमण भेटियो
    images
    images

    पाेखरा । पोखरामा बर्डफ्लुको संक्रमण फेला परेको छ । पोखराका दुईवटा ठाउँमा एकैपटक बर्डफ्लु देखिएको हो । वडा नम्बर १५ र १७ मा फागुन महिना लागेपछि दैनिक कुखुरा मर्न थालेपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

    images
    images
    images

        रोगको संक्रमण फेला परेसँगै संक्रमित क्षेत्रमा सतर्कता उच्च बनाइएको छ । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिको बैठक बसेर त्यस क्षेत्रलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ भने पंक्षीजन्य कारोबारमा बन्देज लगाइएको छ ।

    images
    images
    images

        केही क्षेत्रमा पन्छीजन्य र दानालगाएत नष्ट गरीएको छ । बर्डफ्लु देखिएपछि उपभोक्ता र किसानलाई सचेतनाका सामग्री प्रकाशन प्रशारण गरिने जिल्ला भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले जनाएको छ । अधिकतम प्राविधिकहरू खटाएर जोखिम क्षेत्रलाई निगरानीमा राखिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।