Logo

२०८३, कार्तिक २८गते


images
images

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

images
  • आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
    images

    काठमाडौं । आज राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images

    बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    images
    images
    images

    आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका माननीय सभापति माया प्रसाद शर्माले 'सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको राष्ट्रिय निकुञ्जसँग सम्वन्धित नीतिगत समस्या सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    images
    images

    त्यस्तै प्रधानमन्त्री एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कार्की 'विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ( स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने र 'राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई पारित गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रियसभाको बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।