Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

रौतहटमा बालिकाको मृत्यु भएको घटनामा दोषीलाई उन्मुक्ति नदिन रक्षा बमको चेतावनी

रौतहटमा बालिकाको मृत्यु भएको घटनामा दोषीलाई उन्मुक्ति नदिन रक्षा बमको चेतावनी

images
  • रौतहटमा बालिकाको मृत्यु भएको घटनामा दोषीलाई उन्मुक्ति नदिन रक्षा बमको चेतावनी
    images
    images

    काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले प्रयोग गरेको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको घटनामा कसुर अनुसार कारबाही हुनैपर्ने बताएकी छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै बमले राजनीतिक आस्था वा मनपर्ने नेता भएकै आधारमा अपराधलाई बचाउ गर्ने प्रवृत्ति लोकतन्त्र र सुशासनका लागि घातक हुने टिप्पणी गरेकी छन् । 

    images
    images
    images

    बमले उक्त दुर्घटनामा बालिकालाई सवारी साधनको अगाडिको भागले ठक्कर दिएपछि पछाडिको पांग्राले समेत किचेको दृश्य सामाजिक सञ्जालमा देख्न सकिन्छ भन्दै हालको प्राथमिकता जिम्मेवारीपूर्ण व्यवहार र कानुनी प्रक्रियामा सहयोग गर्नु हुनुपर्ने उल्लेख गरेकी छन् ।

    images
    images
    images

    उनले अघिल्लो सन्दर्भमा एमालेका एक मन्त्री सवार गाडीले सर्वसाधारणलाई ठक्कर दिएको घटनापछि नेतृत्वबाट आएको गैरजिम्मेवार अभिव्यक्तिले व्यापक आक्रोश जन्माएको स्मरण गराउँदै अहिले ठीक त्यही प्रवृत्ति रास्वपाका केही समर्थकहरूबाट दोहोरिएको बताएकी छन् ।

    उनले भनेकी छन्- ' त्यो गाडीमा स्वयं उम्मेदवार हुनुहुन्थ्यो कि हुनुहुन्न थियो त्यो अनुसन्धानको पाटो होला । तर अहिले मुख्य कुरा जिम्मेवारी हो। जिम्मेवार अभिव्यक्ति दिनुहोस्, कानुनलाई सघाउने स्पष्ट प्रतिबद्धता जनाउनुहोस् । याद राख्नुहोस् साथीहरू , तपाईंको मनपर्ने पार्टी होस् वा मनपर्ने नेता, अपराध भनेको अपराध नै हो। कसुर अनुसार कारबाही हुन्छ, हुनै पर्छ ।'

    बमले सरकारलाई यस घटनालाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै राजनीतिक संरक्षणका नाममा दोषीलाई उन्मुक्ति दिने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिएकी छन् 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रक्षा बम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।