Logo

२०८३, श्रावण ३०गते


images
images

एमालेबाहेक मुलुक बनाउने योजना कसैसँग छैन : उम्मेदवार न्यौपाने

एमालेबाहेक मुलुक बनाउने योजना कसैसँग छैन : उम्मेदवार न्यौपाने

images
  • एमालेबाहेक मुलुक बनाउने योजना कसैसँग छैन : उम्मेदवार न्यौपाने
    images
    images

    देवदह । नेकपा एमालेबाहेक मुलुक बनाउने योजना कसैसँग नभएको पार्टीका केन्द्रीय सदस्य दधिराम न्यौपानेले बताए । उनले देश विकासका लागि स्पष्ट दृष्टिकोण र योजना आवश्यक रहेको र उक्त योजना एमालेसंग मात्र रहेको बताए ।

    images
    images
    images

    एमाले देवदह–५ को निर्वाचन परिचालन तथा प्रसार कार्यालय उद्घाटन गर्दै एमालेबाट रूपन्देही-१ प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका उनले देशका हरेक समस्या समाधान गर्ने पार्टी एमाले भएको दाबी गरे । उनले सूर्य चिह्नका उम्मेदवारलाई जिताउने गरी लाग्न कार्यकर्तालाई आग्रह गरे ।

    images
    images
    images

    न्यौपानेले दशगंजादेखि पाल्पा जोड्ने पहुँच मार्गको योजनालाई पूर्णता दिन एमाले जित्न आवश्यक रहेको बताए । नयाँ पार्टीप्रति लक्षित गर्दै उनले सिंहदरबार जलाउनेले देश बनाउन नसक्ने टिप्पणी गरे । नयाँ पार्टीसँग देश विकासका लागि कुनै योजना र स्पष्ट दृष्टिकोण नभएको उनको भनाइ थियो । उनले नेकपा एमाले रूपान्तरणसहित निर्वाचनमा होमिएको बताए ।

    images
    images
    images

    शाखा कमिटीका इन्चार्ज विकास गहतराजको अध्यक्षता र गणेश डुम्रेको सञ्चालनमा भएको कार्यक्रममा पार्टी नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दधिराम न्यौपाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।