Logo

२०८३, श्रावण ३०गते


images
images

एमालेद्वारा रुपन्देही क्षेत्र नं. १(२) मा न्यौपाने सर्वसम्मत सिफारिस, १(१) मा दश जनाको दावी

एमालेद्वारा रुपन्देही क्षेत्र नं. १(२) मा न्यौपाने सर्वसम्मत सिफारिस, १(१) मा दश जनाको दावी

images
  • एमालेद्वारा रुपन्देही क्षेत्र नं. १(२) मा न्यौपाने सर्वसम्मत सिफारिस, १(१) मा दश जनाको दावी
    images
    images

    बुटवल । नेकपा एमालेका पोलिटब्युरो सदस्य दधिराम न्यौपाने लुम्विनी प्रदेशसभा सदस्यका लागि एकल उम्मेदवार सिफारिस भएका छन् । शनिबार सम्पन्न प्रदेश सभा निर्बाचन क्षेत्रीय समन्वय कमिटीको बिस्तारित बैठकबाट उनको नाम सर्बसम्मत रुपमा सिफारिस भएको हो।

    images
    images
    images

    जिल्ला कमिटीका सदस्य तथा प्रदेश निर्बाचन क्षेत्रका संयोजक हिमाल पाण्डेले न्यौपानेको नाम सर्वसम्मत सिफारिस भएको सेतोमसीलाई बताए । न्यौपाने २०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार भई निर्वाचित भएका थिए। 

    images
    images
    images

    नेकपालाई सर्वोच्च अदालतले एमाले र नेकपा माओवादी केन्द्र बनाई दिएपछि नेकपा एमालेमै बसेका न्यौपानेलाई माओवादी केन्द्रको संसदीय दलले प्रदेशसभा सदस्य हटाएको थियो । न्यौपाने पार्टीको लुम्बिनी प्रदेश सह-इन्चार्ज समेत हुन् ।

    images
    images
    images

    क्षेत्र नं. १(१) मा वर्तमान सांसद डा. न्यौपाने सहित १० जनाको दावी

    यता क्षेत्र नं. १(१) मा भने सहमति हुन सकेन । शनिबार सम्पन्न बैठकमा १३ जनाले दावी गरेपनि अन्तिममा आएर ३ जनाले दावी छाडेको र अझै पनि १० जनाको दावी रहेको क्षेत्रीय संयोजक प्रजापति सापकोटाले बताए ।

    भोलि एक पटक पुनः छलफल गर्ने र टुंगीन नसके १० जनाकै नाम सिफारिस गर्ने संयोजक सापकोटाले जानकारी दिए ।

    स्रोतका अनुसार क्षेत्र नं. १(१) मा एमालेबाट उम्मेदवार हालका सांसद डा. कृष्ण प्रसाद न्यौपाने सहित, ऋषि सापकोटा, कृष्ण पौडेल, टीका न्यौपाने, हिरा केवट, कविराम अर्याल लगायतको दावी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।