Logo

२०८३, आश्विन ११गते


images
images

जापानमा ताकाइची नेतृत्वको गठबन्धनलाई दुई तिहाई जनादेश

जापानमा ताकाइची नेतृत्वको गठबन्धनलाई दुई तिहाई जनादेश

images
  • जापानमा ताकाइची नेतृत्वको गठबन्धनलाई दुई तिहाई जनादेश
    images
    images

    काठमाडौँ । जापानमा प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको गठबन्धनले शानदार बहुमत हासिल गरेको छ ।

    images
    images
    images

    आइतबार भएको निर्वाचनमा तकाइचीको पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले ४६५ सदस्यीय जापानको तल्लो सदनमा ३१६ सिट जितेको छ । त्यस्तै एलडिपीसँग गठबन्धन गरेको जापान इनोभेसन पार्टीले ३६ सिट जितेको छ  । जापानमा ४६५ मध्ये २८९ प्रत्यक्ष र १७६ सिट समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ । 

    images
    images
    images

    ताकाइचीले जनादेश लिने गरेको निर्णयमा मतदाताले साथ दिदै उनले ओरालो लागेको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) लाई भारी बहुमत दिएर पुनर्जीवित गरेकी छन् ।

    images
    images
    images

    दोस्रो विश्वयुद्धपछिको इतिहासमा पहिलो पटक कुनै एक दलले दुई–तिहाइ बहुमत हासिल गरेको यो ऐतिहासिक नतिजा हो । सत्तारूढ गठबन्धनले कुल मिलाएर ३५२  सिट जितेको छ।

    प्रधानमन्त्री ताकाइचीले कठ्यांग्रिने चिसो र हिउँले ढाकिएका बाटो पार गर्दै मतदान गर्न पुगेका मतदाताप्रति आभार व्यक्त गर्दै भनिन्- 'चिसो मौसम र हिउँले भरिएका सडक पार गरेर मतदान गर्न आउनु भएका सबै मतदाताप्रति म हार्दिक धन्यवाद दिन चाहन्छु ।' उनले जिम्मेवार र सक्रिय वित्तीय नीतिको वकालत गर्दै आएको उल्लेख गर्दै मतदाताबाट स्पष्ट जनादेश चाहेको बताइन् । उनले भनिन्- 'आर्थिक र वित्तीय नीतिमा ठूला परिवर्तन ल्याउने जिम्मेवार तथा सक्रिय नीति अघि बढाउन मैले जनताको जनादेश चाहेको थिएँ ।'

    यस निर्वाचन परिणामले प्रधानमन्त्री ताकाइचीको राजनीतिक पकड थप बलियो बनाएको विश्लेषकहरूले बताएका छन्, भने आगामी दिनमा जापानको आर्थिक र वित्तीय नीतिमा महत्वपूर्ण परिवर्तन देखिन सक्ने संकेत पनि दिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।