तिलोत्तमा । रुपन्देही क्षेत्र नम्बर १ अन्तर्गत तिलोत्तमा-७ भलवारीमा नेपाली कम्युनिस्ट पार्टीको प्रचार–प्रसार कार्यालय उद्घाटन गरिएको छ । फागुन २१ गते हुने निर्वाचन तयारीको क्रममा पार्टीले मंगलबार प्रचारप्रसार कार्यालय उद्घाटन गरिएको हो ।
कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ का उम्मेदवार घनश्याम यादवले आफूले २०६४ सालमा निर्वाचन जितेपछि जनताको अपेक्षा अनुसार काम गरेको दाबी गरे । सोही कारण यस क्षेत्रका मतदाताले आफूलाई माया गरेको र यसपटक पनि समर्थन गर्ने विश्वास व्यक्त गरे ।
तिलोत्तमाका ९ वटा वडा समेटिएको यस क्षेत्रमा पार्टीले राम्रो साथ पाएको उल्लेख गर्दै क्षेत्रीय पार्टी संयोजक प्रेम जी.एम.ले एकपटक पुनः यस क्षेत्रका जनताले तारा चिन्हमा मतदान गरी सादगी नेता घनश्याम यादवलाई विजयी गराउन आग्रह गरे ।
कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा स्थानीयको उपस्थिति रहेको थियो ।