Logo

२०८३, आश्विन ११गते


images
images

टी-२० विश्वकप

युएईमाथि न्यूजील्याण्डको १० विकेटको कीर्तिमानी जित

युएईमाथि न्यूजील्याण्डको १० विकेटको कीर्तिमानी जित

images
  • युएईमाथि न्यूजील्याण्डको १० विकेटको कीर्तिमानी जित
    images
    images

    काठमाडौँ । जारी टी-२० विश्वकप क्रिकेटमा न्यूजील्याण्डले लगातार दोस्रो जित हात पारेको छ । मंगलबार चेन्नईको चेपक मैदानमा सम्पन्न समुह डी अन्तर्गतको खेलमा न्यूजील्याण्डले यूएईलाई १० विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    यूएईले दिएको १७४ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले १५.२ ओभरमै कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । ओपनर टिम सिफर्टले अविजित ८९ रन तथा फिन एलनले अविजित ८४ रनको उत्कृष्ट पारी खेलेका थिए । दुवैले १७५ रनको अविजित ओपनिङ साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए । यो टी-२० विश्वकप इतिहासमा न्यूजील्याण्डका ओपनरहरूबीचको सबैभन्दा ठूलो साझेदारी हो । साथै यो पुरुष टी-२० विश्वकपमा कुनै पनि विकेटको लागि सबैभन्दा ठूलो साझेदारी हो ।

    images
    images
    images

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो। कप्तान मुहम्मद वासिमले ६६ रनको योगदान दिए भने अलिशान शराफुले ५५ रन जोडेका थिए ।

    images
    images
    images

    न्यूजील्याण्डका बलरमध्ये म्याट हेन्रीले २ विकेट लिए । यस्तै, ज्याकब डफी, लोकी फर्ग्युसन, मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले एक-एक विकेट हात पारेका थिए ।

    अब युएईले अर्को खेल क्यानडाविरुद्ध आगामी शुक्रबार खेल्ने तालिका छ भने न्यूजील्याण्डले अर्को खेल शनिबार दक्षिण अफ्रिकाविरुद्ध खेल्ने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।