Logo

२०८३, आश्विन ११गते


images
images

टी-२० विश्वकपमा आज तीन खेल हुदै, इङल्याण्ड र वेस्ट इण्डिज खेल्दै

टी-२० विश्वकपमा आज तीन खेल हुदै, इङल्याण्ड र वेस्ट इण्डिज खेल्दै

images
  • टी-२० विश्वकपमा आज तीन खेल हुदै, इङल्याण्ड र वेस्ट इण्डिज खेल्दै
    images
    images

    काठमाडौँ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदैछ ।

    images
    images
    images

    आज पहिलो खेल समुह डी अन्तर्गत अफगानिस्तान र दक्षिण अफ्रिकाबीच हुदैछ ।  भारतको अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार विहान ११: १५ बजेदेखि शुरु हुदैछ । अफगानिस्तानले पहिलो खेलमा न्यूजील्याण्डसँग हार बेहोरेको थियो भने दक्षिण अफ्रीकाले पहिलो खेलमा क्यानडालाई पराजित गरेको छ ।

    images
    images
    images

     त्यस्तै आज दोस्रो खेल समुह बी अन्तर्गत अस्ट्रेलिया र आयरल्याण्डबीच हुदैछ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा अस्ट्रेलियाको यो पहिलो खेल हो भने आयरल्याण्डले पहिलो खेलमा श्रीलंकासँग हार बेहोरेको छ ।

    images
    images
    images

    त्यसैगरी आज तेस्रो खेल समुह सी अन्तर्गत इङल्याण्ड र वेस्ट इण्डिजबीच खेल हुदैछ । भारतको मुम्बईस्थित वानखेडेमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा इङल्याण्डले नेपाललाई पराजित गरेको छ भने वेस्ट इण्डिजले स्कटल्याण्डलाई पराजित गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।