Logo

२०८३, आश्विन १०गते


images
images

जनताले भोट हाले पनि माओवादी समाप्त हुन्छ, प्रचण्डले ज्योतिषलाई चिना देखाए हुन्छ : ओली

जनताले भोट हाले पनि माओवादी समाप्त हुन्छ, प्रचण्डले ज्योतिषलाई चिना देखाए हुन्छ : ओली

images
  • जनताले भोट हाले पनि माओवादी समाप्त हुन्छ, प्रचण्डले ज्योतिषलाई चिना देखाए हुन्छ : ओली
    फाइल फोटो
    images
    images

    झापा ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र समाप्त हुने दाबी गरेका छन् । माओवादी पार्टी आफै सिद्धिने उनको भनाइ छ । 

    images
    images
    images

    सुखानी सहिद स्मृति दिवसका अवसरमा शनिबार झापाको सालबारीस्थित झापा विद्रोहका पाँच योद्धाको सालिकमा माल्यार्पणपश्चात बिर्तामोडमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी पार्टी सकिने एउटा झलक आगामी वैशाख ३० मा देखिने टिप्पणी गरे ।

    images
    images
    images

    पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले जनताले भोट हाले पनि नहाले पनि माओवादी पार्टी समाप्त भएर जाने दाबी गरे । ‘भोट हाल, भोट नहाल । खाल्डोमा सुत या भुईंमा सुत । पक्की घरमा सुत, कच्ची घरमा सुत । छाप्रो बनाएर सुत, कुटीमा बस । तर, माओवादी केन्द्र भन्ने पार्टी सिद्धिन्छ, सिद्धिन्छ । मैले यो कुरा २०५६ सालमै भनेको थिएँ,’ ओलीले भने, ‘दस वर्ष उग्रपन्थ माथि चढ्छ । दस वर्षपछि ओरोलो लाग्छ । दस वर्षमा लगभग सिद्धिन्छ ।’

    images
    images
    images

    २०५२ सालदेखि २०६२ सालसम्म माओवादी उकालो लागेको उल्लेख गर्दै उनले भने, ‘०५२ बाट ०६२ सम्म उकालो लागेको तपाईंहरुलाई थाहा छ । त्यसपछि ओरोलो लाग्न सुरु भयो । ७२ मा आइपुग्दा लगभग सिद्धियो । ७४ मा फेरि मैले नै पम्प हाल्दिएको हुनाले अलिकति सुध्रिएर गयो । बेलुनमा पम्प हालेर राख्दा विस्तारै विस्तारै सकिन्छ । अब म माओवादीलाई पम्प किन हाल्छु ?’ उनले पार्टी समाप्त हुँदै गएको देखेका पुष्पकमल दाहालले माओवादी सिध्याउन एमाले लागेको आरोप लगाउन थालेको बताए ।

    ‘एमसीसी गलत छ तर, भोट हाले । उनले पार्टीको केन्द्रीय कमिटी बैठकमा एमसीसी ठीक छ भनेर भन्न सकेका छैनन् । एमसीसी गलतै छ तर, एमालेले हामीलाई सिध्याउने भयो त्यस कारण राष्ट्रघाती काम गरे भन्छन् प्रचण्ड,’ ओलीले भने,‘सिध्याउने त बाबा तिम्रो चिनामा लेख्या छ, म के भनूँ ?’

    पत्यार नलागे ज्योतिषलाई चिना देखाउन दाहाललाई ओलीको सुझाव छ । ओलीले माधवकुमार नेपालको पार्टी ‘चिचिला’ मै समाप्त हुने आरोप लगाए । ‘माधववाला त पार्टी बनेकै छैन । त्यो बन्दै बन्दैन, नबनिकन समाप्त भएर जान्छ,’ उनले भने ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।