Logo

२०८३, आश्विन ९गते


images
images

बलिउड

बलिउड फिल्म दृश्यम- ३ मा प्रकाश राजको इन्ट्री

बलिउड फिल्म दृश्यम- ३ मा प्रकाश राजको इन्ट्री

images
  • बलिउड फिल्म दृश्यम- ३ मा प्रकाश राजको इन्ट्री
    images
    images

    काठमाडौँ । अजय देवगन अभिनीत बलिउडको बहुप्रतीक्षित फिल्म दृश्यम- ३ को कलाकार टोलीमा अभिनेता प्रकाश राज आबद्ध भएका छन् । उनले हिन्दी संस्करणको दृश्यम- ३ को छायांकन सुरु गरेको जानकारी दिएका हुन् ।

    images
    images
    images

    उनले सो जानकारी दिदै 'दृश्यम’लाई एक 'रोचक फ्रेन्चाइज' उल्लेख गर्दै उत्कृष्ट टिम र दमदार भूमिकासँग जोडिन पाउँदा खुशी लागेको बताएका छन् । साथै उनले आफूले कसैलाई प्रतिस्थापन नगरेको स्पष्ट पारेका छन् । पछिल्ला दिनमा ‘दृश्यम २’मा देखिएका अक्षय खन्ना तेस्रो भागबाट बाहिरिएको खबर सार्वजनिक भएपछि फिल्म चर्चामा थियो ।

    images
    images
    images

    ‘दृश्यम ३' मा प्रकाश राजका लागि विशेष नयाँ पात्र सिर्जना गरिएको छ । फिल्मको निर्देशन अभिषेक पाठकले गर्दैछन्, जसले दृश्यम २ पनि निर्देशन गरेका थिए ।

    images
    images
    images

    फिल्ममा अजय देवगन पुनः विजय सालगांवकरको भूमिकामा देखिनेछन् । कलाकार टोलीमा तब्बू, श्रिया सरन, रजत कपूर, इशिता दत्ता र मृणाल जाधव पनि रहेका छन् । फिल्मको कथा तथा पटकथा अभिषेक पाठक, अमिल कियान खान र परवेज शेखले तयार पारेका हुन् ।

    ‘दृश्यम ३’ आगामी २ अक्टोबर २०२६ मा प्रदर्शन हुने तय भएको छ । उक्त मिति फ्यानहरूले ‘दृश्यम डे’का रूपमा स्मरण गर्ने गरेका छन् । यसैबीच, मोहनलाल अभिनीत मलयालम संस्करण ‘दृश्यम ३’ भने २ अप्रिलमा रिलिज हुने अपेक्षा गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बलिउड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।