Logo

२०८३, आश्विन ११गते


images
images

टी-२० विश्वकप

न्यूजील्याण्डलाई हराउदै दक्षिण अफ्रिका विश्वकपको सुपर आठमा पुग्ने निश्चित

न्यूजील्याण्डलाई हराउदै दक्षिण अफ्रिका विश्वकपको सुपर आठमा पुग्ने निश्चित

images
  • न्यूजील्याण्डलाई हराउदै दक्षिण अफ्रिका विश्वकपको सुपर आठमा पुग्ने निश्चित
    images
    images

    काठमाडौँ । दक्षिण अफ्रिकाले जारी टी-२० विश्वकपमा लगातार तेस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा दक्षिण अफ्रिकाले न्यूजील्याण्डलाई ७ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    न्यूजील्याण्डले दिएको १७६ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले १७.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । दक्षिण अफ्रिकाको जितमा कप्तान एडीन मार्क्रामले अविजित ८६ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै यस अघि पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । 

    images
    images
    images

    यो जितपछि समुह डी मा लगातार तीन खेलमा जित हासिल गर्दै  ६ अंक हासिल गरेर सुपर आठमा पुग्ने निश्चित भएको छ । त्यस्तै न्यूजील्याण्डको ३ खेलमा ४ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।

    अब दक्षिण अफ्रिकाले आफ्नो समुह चरणको अन्तिम खेलमा बुधबार युएईसँग खेल्ने छ भने न्यूजील्याण्डले मंगलबार क्यानडाको सामना गर्ने छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।