Logo

२०८३, आश्विन ११गते


images
images

महिला एशिया कप

महिला एशिया कप राइजिंग स्टार्स : नेपाल युएईसँग १८ रनले पराजित

महिला एशिया कप राइजिंग स्टार्स : नेपाल युएईसँग १८ रनले पराजित

images
  • महिला एशिया कप राइजिंग स्टार्स : नेपाल युएईसँग १८ रनले पराजित
    images
    images

    काठमाडौँ । नेपाल महिला क्रिकेट एशिया कप राइजिंग स्टार्स प्रतियोगिता अन्तर्गत युएईसँग पराजित भएको छ । आइतबार सम्पन्न खेलमा युएईले नेपाललाई १८ रनले पराजित गरेको हो ।

    images
    images
    images

    युएईले दिएको १९० रनको विशाल लक्ष्य पछाएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाएको थियो । 

    images
    images
    images

    नेपालका लागि सम्झना खड्काले ५८ र कप्तान पुजा महतोले ५३ रन बनाएकी थिइन् भने सिता राना मगरले २२ तथा बिन्दु रावलले १६ रन बनाएकी थिइन् ।

    images
    images
    images

    यसअघि युएईले टस हारेर पहिला ब्याटिंग गर्दै २२० ओभरमा ४ विकेट गुमाउदै १८९ रन बनाएको थियो ।

    युएईका लागि कप्तान इशा ओजाले शतकीय पारी खेल्दै अविजित १२५ रन बनाएका थिए । त्यस्तै हीना हटचन्दानदानीले अविजित ४५ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर मनिषा उपाध्यायले २ र कबिता कुँवरले एक विकेट लिएकी थिइन् ।

    यो नेपालको लगातार दोस्रो हार हो । यस अघि पहिलो खेलमा पाकिस्तान ए विरुद्ध हार बेहोरेको थियो । त्यस्तै युएईले भने लगातार दोस्रो खेल जितेको छ । युएईले पहिलो खेलमा भारत ए लाई पराजित गरेको थियो ।

     नेपालले अब तेस्रो फेब्रुअरी १७ मा भारत ए सँग खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिला एशिया कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।