Logo

२०८३, श्रावण ३०गते


images
images

नेकपाले निर्वाचन आयोगमा बुझायो चुनावी प्रतिबद्धता पत्र

नेकपाले निर्वाचन आयोगमा बुझायो चुनावी प्रतिबद्धता पत्र

images
  • नेकपाले निर्वाचन आयोगमा बुझायो चुनावी प्रतिबद्धता पत्र
    images
    images

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको प्रतिबद्धता पत्र निर्वाचन आयोगलाई बुझाएको छ ।

    images
    images
    images

    नेकपाले आइतबार निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी समक्ष पेश गरेको हो । नेकपाले माघ २८ गते नै प्रतिबद्धता पत्र सार्बजनिक गरेको थियो ।

    images
    images
    images

    प्रतिबद्धता पत्रमा भाषिक विभेदको अन्त्य गरौँ ! सयौँ फूलहरू फुल्न दिऔँ !, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास, स्थानीय तह र समुदायबाटै समाजवादको अभ्यास !, नेपाली विशेषताको समाजवाद सामाजिक क्रान्तिको मूल बाटो ! लगायतका विषयलाई प्राथमिकता दिइएको छ ।

    images
    images
    images

    ‘लोकतान्त्रिक शासन प्रणालीको आधार : जनताको घरदैलोसम्म गुणस्तरीय सेवा प्रवाह’ र आर्थिक विकास र समृद्धिका आधारः सुशासन, पारदर्शिता र मितव्ययितालाई विशेष प्राथमिकतामा राखी प्रतिबद्धता सार्वजनिक गरिएको छ । शिक्षा र स्वास्थ्यको गुणस्तरीय पूर्वाधार, समृद्धिको आधार एवं उद्यमशीलता, उद्यमी परिवार, गाउँ–सहर घर–घरमा रोजगार दिलाउने प्रतिबद्धता उल्लेख गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।