Logo

२०८३, आश्विन ११गते


images
images

टी-२० विश्वकप

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्तअघि हात नमिलाउने चर्चा

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्तअघि हात नमिलाउने चर्चा

images
  • टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्तअघि हात नमिलाउने चर्चा
    images
    images

    काठमाडौँ । टी-२० विश्वकपअन्तर्गत भारत र पाकिस्तानबीच हुने महत्वपूर्ण खेलअघि भारतीय खेलाडीहरूले पाकिस्तानी खेलाडीहरूसँग हात नमिलाउने तयारी गरेको खबर सार्वजनिक भएको छ।

    images
    images
    images

    भारतीय सञ्चारमाध्यमका अनुसार यस्तो निर्णय पहलगाममा भएको आतङ्कवादी आक्रमणको विरोधमा लिइएको बताइएको छ । गत वर्ष एशिया कपका क्रममा पनि भारतीय टोलीले पाकिस्तानका खेलाडीहरूसँग हात नमिलाएको स्मरण गरिएको छ ।

    images
    images
    images

    कोलम्बोमा साँझ ७:१५ बजे सुरु हुने खेलमा वर्षाले अवरोध पुर्‍याउन सक्ने अनुमान गरिएको छ । मौसम विभागले करिब ५० प्रतिशत वर्षाको सम्भावना देखाए पनि खेलको समयमा वर्षा हुने सम्भावना झन्डै १० प्रतिशत मात्र रहने बताइएको छ । यदि खेल हुन सकेन भने दुवै टोलीले एक-एक अङ्क पाउनेछन् र अतिरिक्त दिनको व्यवस्था गरिएको छैन ।

    images
    images
    images

    भारत र पाकिस्तान पछिल्लो पटक एशिया कपको फाइनलमा आमनेसामने भएका थिए, जहाँ भारतले ५ विकेटले जित हात पारेको थियो । भारतले सन् २००७ र २०२४ मा टी-२० विश्वकप जितिसकेको छ भने पाकिस्तान सन् २००९ को विजेता रहँदै २००७ र २०२२ मा उपविजेता बनेको थियो ।

    यसपटक भारतीय ब्याटरहरूका लागि पाकिस्तानी बलर उस्मान तारिकको गति परिवर्तन, कोण र ढिलो बल ठूलो चुनौती बन्ने अनुमान गरिएको छ । शनिबार रातिदेखि नै कोलम्बोमा वर्षा सुरु भएकाले मैदान ढाकेर सुरक्षित राखिएको छ । आइतबार पनि विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना देखिएकाले खेल प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।