Logo

२०८३, श्रावण ३१गते


images
images

जबरजस्ती करणीः बालिकाका बाबुद्वारा बेइज्जत भएको ठानेर आत्महत्या

जबरजस्ती करणीः बालिकाका बाबुद्वारा बेइज्जत भएको ठानेर आत्महत्या

images
  • सेतोमसी सहकर्मी
  • जबरजस्ती करणीः बालिकाका बाबुद्वारा बेइज्जत भएको ठानेर आत्महत्या
    images
    images

    अमर खड्का, ईटहरी । कसैले नराम्रो र गलत काम गरेमा त्यसलाई कानुन अनुसार कारबाही गर्नुपर्छ। त्यसरी गलत र नराम्रो गर्नेलाई कानुन अनुसार कारबाही भए पीडित पक्षले न्याय पाउँछ। तर, सुनसरीको रामधुनीमा भने फरक घटना हुन पुगेको छ। गाउँकै युवाले आफ्नी छोरीलाई जबरजस्ती करणी गरेपछि आफ्नै बेइज्जत भएको ठानेर एक जनाले आत्महत्या गरेका छन्।

    images
    images
    images

    गाउँकै युवाद्वारा बालिका जबरजस्ती करणी गरेको उजुरी फागुन १९ गते (चार दिनअघि) इलाका प्रहरी कार्यालयमा दर्ता हुन पुग्यो। उजुरी दर्ता भएपछि बालिकाकी २८ वर्षे बाबुले भने आत्महत्या गरेका छन्। घटना रामधुनी वडा नं. ३ को हो। प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको भोलिपल्ट बिहानै बालिकाका बाबुले आत्महत्या गरेको खुलेको पकलीका प्रहरी निरीक्षक प्रकाश श्रेष्ठले बताए।  

    images
    images
    images

    गाउँकै ८ वर्षीया बालिकालाई विभिन्न प्रलोभन दिएर २४ वर्षीय विश्वमणी आचार्यले जबरजस्ती करणी गरेको आरोपमा उजुरी दर्ता हुन पुग्यो। अहिले प्रहरीले विश्वमणीलाई पक्राउ गरि मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ।

    images
    images
    images

    पक्राउ परेका युवाले बालिकालाई पुसको दोस्रो साता जबरजस्ती करणी गरेको खुलेको छ। उनलाई विश्वमणीले बेला बेलामा मोबाईल चलाउन दिने र पैसा पनि दिने प्रलोभन दिएर जबरजस्ती करणी गरेको बालिकाका परिवारले जनाएको छ।

    बालिकाले सुरुमा कसैलाई भन्न सकिनन्। परिवारका सदस्यले पनि सुरुमा समाजमा इज्जतकै डरले कसैलाई सुनाएनन्। तर, जब घटनाबारे बालिकाका बाबुले थाहा पाए त्यही बेलादेखि मानसिक रुपमा पूरै विक्षिप्त हुन पुगे। परिवारका सदस्यले दोषीलाई उन्मुक्ति दिन नहुने निचोड निकाले र प्रहरी कार्यालयमा उजुरी दिए। बालिकाका बाबु थप सामाजिक इज्जतले गर्दा आत्महत्या गरेको दावी गरिएको छ।  

    यतिबेला बालिकाका आमा घरको ऋण, गाउँकै युवाले छोरीलाई जबरजस्ती गरेको करणीको घटना र श्रीमानको मृत्युले विक्षिप्त छिन्।  

    डर, त्रास, धाक–धम्की, अनुचित प्रभाव, शरीर बन्धक राखेर वा होस् नभएको अवस्थामा कोही बालिका तथा महिलामाथि जबरजस्ती गरिन्छ भने त्यसलाई नै जबरजस्ती करणी मानिन्छ। बलात्कार गर्ने हरेकले फरकफरक शैली अपनाउने गरेको विभिन्न घटनाले देखाएको छ। कतिपयले नसालु पदार्थ खुवाएर त कतिपयले ललाई फकाई प्रलोभनमा पारेर गर्ने गरेका छन्।

    बलात्कारको अधिकांस मुद्दामा पीडक बढी प्रभावशाली हुने भएकाले गर्दा उनीहरु पीडितदेखि प्रहरी सबैलाई प्रभावमा पारेर अनुसन्धाननलाई कमजोर बनाउने गरेका छन्। क्षतिपूर्ति दिने बाहनामा बीचमै कुरा मिलाउनेदेखि पीडितका अगाडि इज्जतको सवाल उठाएर बयान फेराउने काम पनि हुने गरेको छ। (अन्नपूर्ण पोस्टबाट)

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।