रूपन्देही । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा रूपन्देहीको सियारी गाउँपालिकाका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सियारी गाउँपालिका-६ बस्ने २५ वर्षीय चन्द्रबहादुर थारू रहेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
थारूले बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology