Logo

२०८३, आश्विन १०गते


images
images

अपराध

जबरजस्ती करणीको आरोपमा तीन जना पक्राउ

जबरजस्ती करणीको आरोपमा तीन जना पक्राउ

images
  • जबरजस्ती करणीको आरोपमा तीन जना पक्राउ
    images
    images

    काठमाडौँ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उदयपुरको बेलका नगरपालिका-६ कात्तिकेका २१ वर्षीय लाक्पा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    त्यस्तै, सिन्धुलीमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुधौली नगरपालिका-३ का २३ वर्षीय भक्तबहादुर कार्की पक्राउ परेका छन् । उनलाई प्रहरी चौकी ढुङ्ग्रेबासबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

    images
    images
    images

    त्यसैगरी, सङ्खुवासभामा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मकालु गाउँपालिका-५ बस्ने, भोटखोला गाउँपालिका-४ का ४३ वर्षीय किरण तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरी चौकी नुमबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

    images
    images
    images

    तीनै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।