रसुवा । १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा रसुवामा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नौकुण्ड गाउँपालिका-५ चिति देउरालीका ३० वर्षीय दीपक तामाङ रहेका छन् ।
ती युवकले किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology