पर्सा । जबरजस्ती करणी मुद्दामा कैद सजाय ठहर भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका-४ तुलसी बर्वा बस्ने ३५ वर्षीय राजवा भन्ने अखिलेश साह तेली रहेका छन् ।
जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय ठहर भएपछि फरार रहेका साहलाई इलाका प्रहरी कार्यालय भिष्वा बञ्जारीबाट खटिएको प्रहरीले तुलसी बर्वाबाट पक्राउ गरेको जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology