Logo

२०८३, आश्विन ९गते


images
images

अमेरिका र इरानबीचको वार्तामा म अप्रत्यक्ष रूपमा संलग्न हुनेछु : ट्रम्प

अमेरिका र इरानबीचको वार्तामा म अप्रत्यक्ष रूपमा संलग्न हुनेछु : ट्रम्प

images
  • अमेरिका र इरानबीचको वार्तामा म अप्रत्यक्ष रूपमा संलग्न हुनेछु : ट्रम्प
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच हुने आणविक कार्यक्रमसम्बन्धी वार्तामा आफू अप्रत्यक्ष रूपमा संलग्न रहने बताएका छन् । उनले राष्ट्रपतिको विशेष विमानमा पत्रकारहरूसँग कुरा गर्दै वार्ताको प्रगतिमा आफूले निगरानी राख्ने स्पष्ट पारे ।

    images
    images
    images

    इरानसँगको आणविक विषयमा दोस्रो चरणको वार्ता आज स्विट्जरल्यान्डको जेनेभामा हुँदैछ । यसअघि पहिलो चरणको बैठक फागुन ६ गते ओमानमा सम्पन्न भएको थियो ।

    images
    images
    images

    ट्रम्पले भने- 'म ती वार्तामाथि नजर राख्नेछु ।' उनले यसपटक इरान सम्झौताप्रति गम्भीर देखिएको संकेत गर्दै विगतमा कडा अडान लिएको भए पनि अमेरिकी कारबाहीपछि इरानले परिस्थिति बुझेको दाबी गरे । उनले चेतावनी दिँदै भने- 'मलाई लाग्दैन, उनीहरू सम्झौता नगर्दाको परिणाम भोग्न चाहन्छन् ।'

    images
    images
    images

    इरान र अमेरिकाबीचको अप्रत्यक्ष वार्ताको सबैभन्दा ठूलो विवाद इरानको युरेनियम प्रशोधन कार्यक्रम हो । ट्रम्प प्रशासनले इरानले आफ्नै भूमिमा युरेनियम प्रशोधन पूर्ण रूपमा बन्द गर्नुपर्ने वा अत्यन्त सीमित स्तरमा मात्र राख्नुपर्ने माग राखेको छ । अमेरिकाको भनाइ अनुसार यही प्रक्रियाबाट आणविक हतियार निर्माणको सम्भावना रहन्छ ।

    अर्को मुख्य विषय इरानसँग रहेको उच्च स्तरको प्रशोधित युरेनियम भण्डारण हो । अमेरिकाले करिब दुई हजार किलोग्राम (३ दशमलव ६७ प्रतिशतदेखि ६० प्रतिशतसम्म) प्रशोधित युरेनियमलाई पातलो पार्न, नष्ट गर्न वा देशबाहिर पठाउनुपर्ने प्रस्ताव अघि सारेको छ। त्यसको सट्टामा आर्थिक प्रतिबन्ध फुकुवा गर्ने विषयमा विचार गर्न सकिने संकेत गरिएको छ ।
    इरानको मुख्य माग भने तेल निर्यात, बैंकिङ सेवा र अन्तर्राष्ट्रिय वित्तीय पहुँचमा लगाइएका अमेरिकी आर्थिक प्रतिबन्ध हटाइनु हो।

    यसैबीच इरानले सोमबार केही सातामै दोस्रोपटक समुद्री सैन्य अभ्यास सुरु गरेको छ । उक्त अभ्यास होर्मुज जलडमरूमध्य, पर्सियन खाडी र ओमान खाडी क्षेत्रमा भइरहेको बताइएको छ। यसको उद्देश्य गुप्तचर तथा सञ्चालन क्षमताको परीक्षण गर्नु रहेको जनाइएको छ।

    समुद्री सुरक्षा क्षेत्रमा कार्यरत एक कम्पनीका अनुसार सो क्षेत्रबाट आवतजावत गर्ने जहाजहरूलाई होर्मुज जलडमरूमध्यको उत्तरी मार्गमा सम्भावित प्रत्यक्ष गोली प्रहार अभ्यास हुन सक्ने चेतावनी दिइएको थियो। यद्यपि इरानी सरकारी टेलिभिजनले प्रत्यक्ष गोली प्रहार अभ्यासबारे स्पष्ट उल्लेख गरेको छैन ।

    यसअघि जनवरी अन्त्यमा भएको यस्तै अभ्यासपछि अमेरिकी केन्द्रीय कमाण्डले प्रतिक्रिया जनाउँदै इरानलाई अन्तर्राष्ट्रिय हवाई तथा समुद्री क्षेत्रमा पेशागत ढंगले गतिविधि सञ्चालन गर्न आग्रह गरेको थियो । साथै अमेरिकी युद्धपोत वा व्यापारिक जहाजलाई अवरोध नगर्न चेतावनी दिएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।