Logo

२०८३, कार्तिक ४गते


images
images

शान्ति वार्ता जारी राख्न रुसमाथिका प्रतिबन्ध स्थगित गरियो: ट्रम्प

शान्ति वार्ता जारी राख्न रुसमाथिका प्रतिबन्ध स्थगित गरियो: ट्रम्प

images
  • शान्ति वार्ता जारी राख्न रुसमाथिका प्रतिबन्ध स्थगित गरियो: ट्रम्प
    images
    images

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको शान्ति वार्ता जारी राख्न रुसमाथिका केही प्रतिबन्ध स्थगित गरेको बताएका छन् ।

    images
    images
    images

    ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत रुसलाई वार्ताबाट टाढा धकेल्ने कुनै कदम चाल्न नचाहेको बताएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार प्रतिबन्ध ६० दिनका लागि स्थगित गरिएको हो ।

    images
    images
    images

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुसको पक्ष लिनु अमेरिकाका लागि ऐतिहासिक गल्ती हुने बताएका छन् । उनले रुसी तेल तथा डिजेलको कारोबारले रुसको युद्ध अभियानलाई सहयोग पुग्ने भन्दै अमेरिकी निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

    images
    images
    images

    सन् २०२२ फेब्रुअरीदेखि जारी रुस–युक्रेन युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास भइरहेका बेला अमेरिकी निर्णयले वासिङ्टन र किएभबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।