Logo

२०८३, श्रावण ३०गते


images
images

सांसदको संख्या घटाउने र सांसद मन्त्री बन्न नपाउने नेकपाको प्रस्ताव

सांसदको संख्या घटाउने र सांसद मन्त्री बन्न नपाउने नेकपाको प्रस्ताव

images
  • सांसदको संख्या घटाउने र सांसद मन्त्री बन्न नपाउने नेकपाको प्रस्ताव
    images
    images

    काठमाडौं । देश विकासको एक प्रमुख कारणका रूपमा चरम अस्थिर सरकार र पटक–पटक फेरिने मन्त्रिपरिषद्को अवस्थालाई औंल्याउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांसदको संख्या घटाउने तथा सांसद मन्त्री बन्न नपाउने व्यवस्था गर्ने प्रस्ताव अघि सारेको छ ।

    images
    images
    images

    पार्टीको चुनावी प्रतिबद्धतापत्रमा हालको मन्त्रिपरिषद्को आकार घटाएर विषयगत विज्ञ सम्मिलित सानो संरचना बनाउने उल्लेख छ । संविधानअनुसार मन्त्रिपरिषद्को संख्या २५ भन्दा बढी बनाउन नपाइने व्यवस्था भए पनि नेकपाले यो संख्या समेत घटाउने नीति लिएको जनाएको छ । निर्वाचित सांसदलाई विधायकी भूमिकामै सीमित गर्ने र कार्यकारी जिम्मेवारी विज्ञमार्फत सञ्चालन गर्ने अवधारणा प्रतिबद्धतापत्रमा समेटिएको छ ।

    images
    images
    images

    नयाँ संविधान जारी हुनुअघि मन्त्रिपरिषद्को संख्या नतोकिने भएकाले राजनीतिक भागबण्डाका आधारमा चार दर्जनसम्म मन्त्री बनाइने अभ्यास रहेको थियो । त्यसलाई रोक्न संविधानमा अधिकतम २५ सदस्यीय मन्त्रिपरिषद् र मन्त्री संघीय संसद्को सदस्य हुनुपर्ने व्यवस्था गरिएको छ । संसद् सदस्य नभएको व्यक्ति मन्त्री बनेमा ६ महिनाभित्र कुनै एक सदनको सदस्य हुनुपर्ने प्रावधान पनि छ ।

    images
    images
    images

    नेकपाले वर्तमान शासकीय स्वरूपमा नियन्त्रण र शक्ति सन्तुलन कायम हुने गरी आमूल परिमार्जन आवश्यक रहेको जनाएको छ । संविधान लेखनको क्रममै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणालीजस्ता विषयमा आफ्नो फरक मत पार्टीले राखेको थियो । 

    विद्यमान निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो भएकाले भ्रष्टाचार बढेको निष्कर्ष निकाल्दै कम खर्चिलो र सरल प्रणाली लागू गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।