Logo

२०८३, आश्विन १०गते


images
images

टी-२० विश्वकपमा आज तीन खेल हुदै

टी-२० विश्वकपमा आज तीन खेल हुदै

images
  • टी-२० विश्वकपमा आज तीन खेल हुदै
    images
    images

    काठमाडौँ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदैछन् ।

    images
    images
    images

    आज समुह सी अन्तर्गत इटाली र वेस्ट इण्डिजबीचको खेल बिहान ११: १५ बजेदेखि कोलकोताको इडेन गार्डेनमा हुदैछ ।

    images
    images
    images

    जारी विश्वकपमा वेस्ट इण्डिजले आफ्ना तिनै खेल जितेर सुपर आठमा पुगिसकेको छ भने इटालीले ३ मध्ये एक जित र २ हार बेहोरेर समुह चरणबाट बाहिरिइसकेको छ ।

    images
    images
    images

    त्यस्तै आज समुह बी अन्तर्गतका श्रीलंका र जिम्बाबे कोलम्बोमा दिउसो ३: १५ बजेदेखि खेल्दैछन् । समुह बी बाट श्रीलंका र जिम्बाबे दुवै सुपर आठमा पुगिसकेका छन् । श्रीलंका आफ्ना तिनै खेलमा विजयी हुदै सुपर आठमा पुगेको छ भने जिम्बाबेले ३ खेलमा २ जित र एक खेल बर्षाले हुन नसक्दा कुल ५ अंक हासिल गर्दै सुपर आठमा पुगेको छ ।

    त्यस्तै आज तेस्रो खेलमा समुह डी अन्तर्गतको अफगानिस्तान र क्यानडाबीच भारतको चेन्नईमा हुदैछ । समुह डी बाट अफगानिस्तान र क्यानडा दुवै प्रतियोगिताबाट बाहिरिएका छन् ।

    अफगानिस्तानले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने क्यानडाले तिनै खेलमा हार बेहोरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।