Logo

२०८३, श्रावण ३०गते


images
images

गौरमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त

गौरमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त

images
  • गौरमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त
    images
    images

    रौतहट । रौतहटको गौर नगरपालिका-६ स्थित सनगढा गाउँमा दुई समुदायबीच झडप भएपछि अवस्था तनावपूर्ण बनेको छ ।

    images
    images
    images

    अहिले सो क्षेत्रमा घटनाले उग्र रूप लिएसँगै शान्ति-सुरक्षा कायम गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । 

    images
    images
    images

    बिहीबार राति हिन्दू समुदायको विवाह जाँदा बाजागाजा बजाइएको विषयलाई लिएर मुस्लिम समुदायसँग विवादबाट सुरु भएको बताइएको छ । मस्जिदमा रात्री प्रार्थना भइरहेको समयमा बाजा बजाएको भन्दै भनाभन बढेपछि केही व्यक्तिमाथि कुटपिट समेत भएको थियो । 

    images
    images
    images

    सो घटनापछि शुक्रबार बिहानैदेखि पुनः दुवै पक्षबीच झडप शुरु भएको थियो । यसले गाउँमा त्रासको वातावरण सिर्जना गरेको छ । स्थिति नियन्त्रणमा लिन प्रशासनले तत्काल सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । 

    अहिले घटना भएको क्षेत्रमा ठुलो संख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी अढाई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको र अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको प्रशासनले बताएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # झडप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।