Logo

२०८३, श्रावण ३०गते


images
images

कस्तो छ आजको मौसम पूर्वानुमान ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

images
  • कस्तो छ आजको मौसम पूर्वानुमान ?
    images
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले  हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जानकारी दिएको छ ।

    images
    images
    images

    हाल बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात भैरहेको छ । देशका पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहको छ ।

    images
    images
    images

    आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू-भाग तथा बाँकी प्रदेशको हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।  

    images
    images
    images

    आज राती तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा बाँकी प्रदेशको हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र  हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम पूर्वानुमान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।