Logo

२०८३, कार्तिक २५गते


images
images

भदौ २३ को नरसंहारप्रति ओली र देउवाले जिम्मेवारी लिनुपर्छ : प्रचण्ड

भदौ २३ को नरसंहारप्रति ओली र देउवाले जिम्मेवारी लिनुपर्छ : प्रचण्ड

images
  • भदौ २३ को नरसंहारप्रति ओली र देउवाले जिम्मेवारी लिनुपर्छ : प्रचण्ड
    images

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले भदौ २३ गतेको नरसंहारको जिम्मेवारी एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

    images
    images
    images

    विहिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भदौ २३ को नरसंहारको जिम्मेवारी तत्कालिन प्रधानमन्त्री ओली र त्यति बेला काँग्रेसको नेतृत्वमा रहेका देउवाले लिनुपर्ने बताएका हुन् ।

    images
    images
    images

    उनले भने- एउटा कुरा मैले यो पनि प्रष्ट गर्न चाहन्छु । अहिलेको परिस्थिति जो बन्न गयो, २३ गते जो नरसंहार भयो, त्यसको निम्ति तत्काल सरकारमा रहेका पार्टीहरु, सरकारमा रहेका पार्टीहरु, सरकारको नेतृत्व गर्ने एमाले केपी ओलीजी र शेर बहादुर देउवा त्यतिबेला नेपाली काँग्रेसको नेतृत्वले जिम्मेवारी लिनुपर्छ । उहाँहरु जिम्मेवारी लिन जो पन्छिनुभएको छ त्यो गलत भएको छ । पहिलो कुरा, हामि प्रष्ट भन्न चाहान्छौं । २४ गते आगजनी र लुटपाट गर्नेहरुलाई पनि कारवाही गर्नुपर्छ । त्यहाँ निर पनि हामि प्रष्ट छौं ।'

    images
    images

    त्यस्तै कार्यक्रममा प्रचण्डले चुनावमा कसैसँग तालमेल नगर्ने र यसका लागि कसैसँग छलफल समेत नभएको स्पष्ट गरेका छन् । 

    मिडिया र सामाजिक सञ्जालमा नेकपा र एमालेबीच विभिन्न क्षेत्रमा समीकरणको सहमति भएको समाचार आएपछि प्रचण्डले यस्तो स्पष्टीकरण दिएका हुन् । प्रचण्डले पार्टीका एजेण्डाकै बलमा चुनावमा जाने बताउँदै आफूले चुनाव घोषणा भएको पहिलो दिनदेखि नै राख्दै आएको समेत बताएका छन्।

     

    Single Image

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।