Logo

२०८३, आश्विन ९गते


images
images

परराष्ट्रमन्त्री शर्मासँग राष्ट्रसंघकी नयाँ आवासीय संयोजक याहियाको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री शर्मासँग राष्ट्रसंघकी नयाँ आवासीय संयोजक याहियाको शिष्टाचार भेटवार्ता

images
  • परराष्ट्रमन्त्री शर्मासँग राष्ट्रसंघकी नयाँ आवासीय संयोजक याहियाको शिष्टाचार भेटवार्ता
    images
    images

    काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि नियुक्त संयुक्त राष्ट्रसंघकी नयाँ आवासीय संयोजक लिला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

    images
    images
    images

    विहिबार परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ । परराष्ट्रमन्त्री शर्माले याहियालाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल सरकारका तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।

    images
    images
    images

    त्यसैगरी, आवासीय संयोजक याहियाले सिंहदरबारस्थित मन्त्रालयमा परराष्ट्र सचिव अमृत बहादुर राईसँग पनि शिष्टाचार भेट गरेकी थिइन् । भेटका अवसरमा परराष्ट्र सचिव राईले उनको नियुक्तिप्रति बधाई दिँदै नेपाल र संयुक्त राष्ट्रसंघबीचको दीर्घकालीन साझेदारीको प्रशंसा गरेका थिए ।

    images
    images
    images

    भेटवार्तामा विकास सहकार्य, दिगो विकास लक्ष्य कार्यान्वयन तथा आगामी सहकार्यका प्राथमिकताबारे समेत विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संयुक्त राष्ट्रसंघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।