Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

आफ्नो देशलाई सुरक्षा खतरा भएमा दक्षिण कोरियालाई 'पूर्ण रूपमा नष्ट' गरिदिने किमको चेतावनी

आफ्नो देशलाई सुरक्षा खतरा भएमा दक्षिण कोरियालाई 'पूर्ण रूपमा नष्ट' गरिदिने किमको चेतावनी

images
  • आफ्नो देशलाई सुरक्षा खतरा भएमा दक्षिण कोरियालाई 'पूर्ण रूपमा नष्ट' गरिदिने किमको चेतावनी
    images
    images

    काठमाडौँ । उत्तर कोरियाका नेता किम जोंग उनले दक्षिण कोरियालाई कडा चेतावनी दिएका छन् । किमले आफ्नो देशको सुरक्षा खतरा भएमा दक्षिण कोरियालाई 'पूर्ण रूपमा नष्ट' गरिदिने चेतावनी दिएका हुन् ।

    images
    images
    images

    मिडिया रिपोर्टका अनुसार प्योंगयांगमा सात दिन चलेको वर्कर्स पार्टी कांग्रेसको समापन अवसरमा किमले आगामी पाँच वर्षका लागि आफ्नो परमाणु र मिसाइल कार्यक्रम विस्तार गर्ने योजना प्रस्तुत गरेका थिए ।

    images
    images
    images

    सो अवसरमा उनले पानीमुनिबाट प्रहार गर्ने अन्तरमहाद्वीपीय बलिस्टिक मिसाइल, सामरिक परमाणु हतियार, परमाणु संचालित पनडुब्बी, एआईयुक्त ड्रोन र उन्नत उपग्रह विकास गर्ने योजना भएको बताएका छन् ।

    images
    images
    images

    किमले दक्षिण कोरियालाई 'स्थायी शत्रु' भनेका छन् र त्यससँग कुनै वार्ता सम्भव नहुने बताए । तर उनले अमेरिका प्रतिबन्ध र दबाबको नीति त्यागेमा संवादको संभावना रहेको पनि उल्लेख गरेका छन् ।

    कांग्रेसपछि राजधानीमा भव्य सैन्य परेड आयोजना गरिएको थियो, जहाँ किम आफ्नो छोरीसँग उपस्थित देखिए । परेडमा अमेरिका समेट्न सक्ने ठूलो आईसीबीएम प्रदर्शन भने गरिएको थिएन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दक्षिण कोरिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।