Logo

२०८३, कार्तिक २५गते


images
images

प्रतिनिधिसभा निर्वाचन

देशलाई संकटमा धकेल्नेहरुलाई चुनावबाटै पराजित हुनुपर्छ : प्रचण्ड

देशलाई संकटमा धकेल्नेहरुलाई चुनावबाटै पराजित हुनुपर्छ : प्रचण्ड

images
  • देशलाई संकटमा धकेल्नेहरुलाई चुनावबाटै पराजित हुनुपर्छ : प्रचण्ड
    images

    देवदह । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशलाई कमजोर पार्ने र संकटमा धकेल्नेहरुलाई चुनावबाटै पराजित गर्नुपर्ने बताएका छन् । 

    images
    images
    images

    उनले २१ फागुनको निर्वाचनलाई सामान्य हारजितको प्रक्रिया मात्र नभई राष्ट्रको स्वाधीनता र एकता बचाउने जनमत संग्रहको रूपमा लिनुपर्ने बताए । रुपन्देही ५ को लुम्बिनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचनलाई मतदाताले विशेष जिम्मेवारीबोधका रुपमा लिनुपर्ने उल्लेख गरे । 

    images
    images
    images

    जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सहजीकरण गर्न र निकासको लागि आफू र माधव नेपालले पहल गरेको पनि सो अवसरमा उनले स्मरण गराए । 

    images
    images

    शुरुमा निर्वाचन बाहेक अर्को लोकतान्त्रिक विकल्प नभएको अवस्थाबाट गुज्रिएको देश अहिले अनेकौँ उतार चढावका बाबजुद सिङ्गै निर्वाचनमा होमिनु खुसी र गर्वको विषय भएको दाहालको भनाई छ ।

    नेकपा अध्यक्ष दाहालले राष्ट्रको एकतालाई प्रवद्र्धन गर्न चाहने र राष्ट्रलाई संकटमा धकेल्न खोज्ने शक्तिहरू बिचको प्रतिस्पर्धाका रूपमा यो चुनावलाई चित्रण गरे । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।