Logo

२०८३, कार्तिक २९गते


images
images

प्रतिनिधिसभा निर्वाचन

जनसमर्थनले जित नजिक छौं : विश्वदीप

जनसमर्थनले जित नजिक छौं : विश्वदीप

images
  • जनसमर्थनले जित नजिक छौं : विश्वदीप
    images

    बुटवल । रुपन्देही क्षेत्र नं.-२ का उम्मेदवार विश्वदीप पाण्डे ‘सुवास’ले निर्वाचन प्रचारप्रसारका क्रममा आफुले पाएको जनसमर्थनले जितको आधार तयार गरेको बताएका छन् । शनिबार बुटवल उपमहानगरपालिका वडा नं १२ र १३ का विभिन्न वस्तीमा आफ्नो पक्षमा मत माग्दै घरदैलो गरेका उनले जनसमर्थनबाट आँफु उत्साहित भएको बताए ।

    images
    images
    images

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता विश्वदीपले सयांै नेता कार्यकर्तासंगै घरदैलोमा पुग्दा आफूहरुले पाएको जनसमर्थन, माया र उत्साहले आफूहरु जीत नजिक पुर्याएको प्रतिकृया दिए । अबका सिमित दिनहरु विजयका लागि निकै महत्वपूर्ण रहेको भन्दै उनले मतदान सम्पन्न नहुँदासम्म मतदाता अत्यन्तै चनाखो रहनुपर्ने उल्लेख गरे । 

    images
    images
    images

    घरदैलोका क्रममा बुटवलका वडा नं १२ र १३ का विभिन्न टोल र वस्तीमा पुगेका उम्मेदवार पाण्डेले मतदातालाई आफ्नो भोट सुरक्षित गर्दै तारा चिन्हमा मतदान गरेर अग्रगामी परिवर्तनको पक्षमा उभिन आग्रह समेत गरे ।

    images
    images

    रुपन्देही-२ निर्माणका लागि आफूलाई मतदान गरेर नेतृत्वको जिम्मेवारी दिने बेला नजिक आईपुगेको भन्दै उनले दीर्घकालीन हितका लागि सचेत र विवेकपूर्ण निर्णय लिन अपिल गरे ।

    उम्मेदवार पाण्डेले घरदैलोका क्रममा विकास र सुशासनका विषयमा स्पष्ट धारणा राख्दै जनताका समस्या सुन्ने गरेका छन् । यसपटकको निर्वाचनमा रुपन्देही-२ का नागरिकले नेतृत्व परिवर्तनको पक्षमा स्पष्ट रुपमा अभिमत प्रकट गर्न चाहेको उल्लेख गर्दै उनले परिवर्तनलाई संस्थागत गर्ने ऐतिहासिक दिन फागुन २१ गते विवेकपूर्ण निर्णय लिन मतदाताहरुलाई आग्रह गरे ।

    तारा चिन्हका उम्मेदवार उनले घरदैलो अभियान अन्तिम चरणमा पुगेपनि जनताका दुःख-सुखमा साथमा रहने दिनहरु भने अब सुरु भएको धारणा राखे । 

    घरदैलोको क्रममा नागरिकले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारजस्ता आधारभूत क्षेत्रमा ठोस परिवर्तनको अपेक्षा राखेको पाईएको नेकपा क्षेत्र नं.-२ का निर्वाचन परिचालन समिति संयोजक नारायण जीसी निर्मलले बताए ।

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वदीप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।