Logo

२०८३, कार्तिक २९गते


images
images

प्रतिनिधिसभा निर्वाचन

विश्वदीपको एक महिने घरदैलो अभियान : तीन दशकदेखिको रानीतिक विरासत तोड्ने उद्घोष

विश्वदीपको एक महिने घरदैलो अभियान : तीन दशकदेखिको रानीतिक विरासत तोड्ने उद्घोष

images
  • विश्वदीपको एक महिने घरदैलो अभियान : तीन दशकदेखिको रानीतिक विरासत तोड्ने उद्घोष
    images

    बुटवल । रुपन्देही-२ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले बुटवल क्षेत्रमा तीन दशकदेखि कायम रहेको राजनीतिक विरासत तोड्न आँफु चुनावी मैदानमा होमिएको बताएका छन् । उनले रुपन्देही २ मा एउटै व्यक्तिको शासन रहेको भन्दै त्यसलाई तोड्न आफू चुनावी मैदानमा आएको बताए ।

    images
    images
    images

    नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बाट तारा चुनाव चिन्ह लिएर उम्मेदवार बनेका पाण्डेले यसपटक जनताले कांग्रेस, एमालेजस्ता पुराना शक्ति र दृष्टिकोणविहीन दलहरुलाई पाखा लगाउने जिकिर समेत गरे ।
    आफूहरुले शुरु गरेको घरदैलो अभियान एक महिना पुगेको उल्लेख गर्दै उनले यसबीचमा करिब २२ हजार घरधुरीका ६० हजारभन्दा बढी मतदातासंग भेटघाट गरेको उल्लेख गरे । भेटघाटको क्रममा देखिएको मतदाताको मनोविज्ञानबाट यस्तो निष्कर्षमा आफु पुगेको विश्वदीपले सुनाए । 

    images
    images
    images

    एक महिनाको बीचमा रुपन्देही क्षेत्र नं- २ र देश तथा विदेशमा रहेका मतदातासंग प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा जोडिने अवसर प्राप्त भएको भन्दै उम्मेदवार विश्वदीपले रुपन्देही– २ परिवर्तनको गंभीर मोडमा उभिएको तर्क गरे । उनले मतदाताले अबका सिमित दिन र घण्टामा यस क्षेत्र लगायत देशकै भविश्यको दिशा तय गर्ने जिकिर गरे ।

    images
    images

    ‘यदि तपाईंहरुले तारा चुनाव चिन्हमा मत दिनुभयो भने मात्रै वास्तविक परिवर्तन संभव छ ।’ उम्मेदवार पाण्डेले मतदातालाई लक्षित गर्दै भने, ‘यसपटक परिवर्तन, विकास र स्थिर एवम् सक्षम नेतृत्वका लागि तपाईको अमूल्य मत प्रयोग हुनुपर्दछ ।’ उनले आफ्नो लडाई रुपन्देही– २ लाई पछाडी धकेल्ने पुरानो प्रवृत्तिको विरुद्ध भएको उद्घोष गरेका छन् । 

    विश्वदीपले भौतिक संरचनाको निर्माण वा विस्तार मात्रै विकास नभएको बताएका छन् । बुटवल, सैनामैना र तिलोत्तमा आसपास भौतिक संरचना केही हदसम्म विस्तार हुँदा पनि सामाजिक विकास कमजोर रहेको भन्दै उनले आफूले विकासको परिभाषालाई बदल्न चाहेको बताए ।

    ‘रुपन्देही-२ का लागि हामी धेरै काम गर्न सक्नेछौँ । विशेषतः नवयुवा पुस्ता, उद्योगी व्यवसायी, सहरिया मध्यम, बौद्धिक तथा श्रमिक वर्ग लक्षित कार्यहरू गर्न सक्नेछौँ ।’ आफनो चुनाव चिन्ह तारामा मतदान गर्न आग्रह गर्दै उनले भने ।

    उनले आजको नेपाली राजनीतिमा जोसँग नयाँ सपना र दृष्टिकोणको अभाव छ र जसका हातखुट्टा सत्ता स्वार्थका अनेक जालोले  बाँधिएका छन्, उनीहरु नै पुरानो शक्ति भएको उल्लेख गरे । वर्षौवर्षसम्म सत्ताको दोहन गर्नेहरू सँग ठगी र काण्डहरूको बोझबाहेक केही नभएको उनको दाबी छ ।

    उम्मेदवार बिश्वदीपले प्रतिनिधिसभालाई देखिने, सुनिने र महसुस हुने जनताको मञ्च बनाउन आफ्नो उम्मेदवारी रहेको उल्लेख गरे ।  आफूले संसदमा हरेक प्रकारका बहस जनतालाई केन्द्रमा राखेर गर्ने संकल्प लिएको भन्दै उनले आफ्नो पक्षधरता मुठ्ठीभर बिचौलियाको पक्षमा नभई आम मानिसको हितमा हुने ठोकुवा समेत गरेका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वदीप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।