Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

युद्ध प्रभावित देशमा रहेका नेपालीको सुरक्षा र उद्धारप्रति आयोगको ध्यानाकर्षण

युद्ध प्रभावित देशमा रहेका नेपालीको सुरक्षा र उद्धारप्रति आयोगको ध्यानाकर्षण

images
  • युद्ध प्रभावित देशमा रहेका नेपालीको सुरक्षा र उद्धारप्रति आयोगको ध्यानाकर्षण
    images
    images

    काठमाडौँ । इरानमा भएको इजरायल-अमेरिकी आक्रमणपछि मध्यपूर्वका देशहरूमा सिर्जित जटिल परिस्थितिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण गराएको छ । युद्धका कारण त्यहाँ रहेका नेपाली नागरिकहरूमा पर्न सक्ने जोखिमप्रति आयोगले चिन्ता व्यक्त गरेको छ ।

    images
    images
    images

    आयोगले राज्यले आफ्ना नागरिकको सुरक्षा, संरक्षण र आवश्यक परेमा उद्धार गर्नु अत्यावश्यक जिम्मेवारी भएको उल्लेख गर्दै युद्धग्रस्त र प्रभावित मुलुकमा रहेका नेपालीहरूको सुरक्षाको लागि सरकारले तथ्याङ्क सङ्कलन गरी जोखिम मूल्याङ्कन गर्न, आवश्यक जानकारी संकलन गर्न र संकटमा परेका नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन तुरुन्त कदम चाल्नुपर्ने आयोगको आग्रह छ ।

    images
    images
    images

    यस कार्यका लागि सरकारले आफ्ना कुटनीतिक नियोगहरूको प्रभावकारी परिचालन गर्नुका साथै त्यहाँका गैरआवासीय नेपाली संघ/संगठनहरूसँग पनि समन्वय र सहकार्य गर्नुपर्ने आयोगले बताएको छ ।

    images
    images
    images

    आयोगले युद्धग्रस्त तथा जोखिमयुक्त क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारमा तत्काल ध्यान दिन नेपाल सरकार, विदेशस्थित कुटनीतिक नियोगहरू तथा त्यहाँका नेपाली समुदायलाई अनुरोध गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युद्ध
  • # सुरक्षा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।