Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

निर्वाचन बिदाको समयमा बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

निर्वाचन बिदाको समयमा बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

images
  • निर्वाचन बिदाको समयमा बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
    images
    images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई प्रतिनिधि सभा सदस्यको आमनिर्वाचनको समयमा आवश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

    images
    images
    images

    निर्वाचन आयोगको अनुरोधपछि राष्ट्र बैंकले निर्वाचन बिदाको समयमा पनि बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।

    images
    images
    images

    सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गरेको छ । साथै फागुन १८ गते हिमाली र पहाडी क्षेत्रका ५६ जिल्लामा तथा फागुन १९ गते तराईका २१ जिल्लामा होली पर्वका कारण बिदा रहनेछ । 

    images
    images
    images

    निर्देशनअनुसार सरकारी कारोबारका लागि तोकिएका वाणिज्य बैंकहरूले भुक्तानी र राजस्व दाखिला सेवा नियमित रूपमा सञ्चालन गर्नुपर्नेछ भने निर्वाचन प्रचारप्रसारका लागि खोलिएका बैंक खातामार्फत राजनीतिक दल र उम्मेदवारहरूको नगद, चेक वा अन्य भुक्तानी सम्बन्धी सेवा पनि निरन्तर उपलब्ध गराउन भनिएको छ ।

    राष्ट्र बैंकले निर्वाचन अवधिमा वित्तीय सेवा अवरुद्ध नहुने गरी आवश्यक व्यवस्था मिलाउन सबै बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।