Logo

२०८३, आश्विन १०गते


images
images

समाचार

अबुधाबीको विमानस्थलमा निधन भएका नेपाली गोरखाका २९ वर्षीय दिबस श्रेष्ठ

अबुधाबीको विमानस्थलमा निधन भएका नेपाली गोरखाका २९ वर्षीय दिबस श्रेष्ठ

images
  • अबुधाबीको विमानस्थलमा निधन भएका नेपाली गोरखाका २९ वर्षीय दिबस श्रेष्ठ
    images
    images

    काठमाडौँ । संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मृत्यु भएका नेपाली नागरिकको परिचय खुलेको छ ।

    images
    images
    images

    युएईको परराष्ट्र मन्त्रालयबाट प्राप्त आधिकारिक जानकारी अनुसार मृत्यु हुने नेपाली नागरिकमा मध्यपूर्व इष्ट कम्पनीमा सुरक्षा गार्डका रूपमा कार्यरत गोरखा जिल्लाका स्थायी बासिन्दा २९ वर्षीय दिबस श्रेष्ठ भएको अबुधाबीस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । 

    images
    images
    images

    दुताबासले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको शान्तिको कामना गरेको छ । साथै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

    images
    images
    images

    साथै परिस्थिति सहज भएलगत्तै पार्थिव शरीर स्वदेश फिर्ता पठाउने लगायतका आवश्यक प्रक्रिया छिटो सम्पन्न गर्न दूतावासले पहल गर्ने जनाएको छ ।

    यसैबीच दूतावासले युएईमा रहेका सबै नेपालीलाई संयम अपनाउन, सुरक्षित स्थानमा बस्न र त्यहाँको सरकारले जारी गरेका सुरक्षा निर्देशिका पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अबुधाबी
  • # गोरखा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।