Logo

२०८३, आश्विन १०गते


images
images

समाचार

गोरखाबाट सुत्केरी महिलाको आकस्मिक हवाई उद्धार

गोरखाबाट सुत्केरी महिलाको आकस्मिक हवाई उद्धार

images
  • गोरखाबाट सुत्केरी महिलाको आकस्मिक हवाई उद्धार
    images
    images

    काठमाडौं । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका-४, प्रोक छाकगाउँ निवासी २९ वर्षीया पेमा खाण्डो लामाको सुत्केरीपछिको स्वास्थ्य अवस्था गम्भीर बनेपछि हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ ।

    images
    images
    images

    गर्भावस्थाको २८औँ हप्तामै शिशु जन्मिएपछि जटिल स्वास्थ्य समस्या देखिएपछि दुर्गम क्षेत्रमा आवश्यक विशेषज्ञ स्वास्थ्य सेवा तत्काल उपलब्ध हुन नसकेकाले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उनको हवाई उद्धार गरिएको हो ।

    images
    images
    images

    हेलिकप्टरमार्फत उद्धार गरिएकी लामालाई थप उपचारका लागि काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली मा भर्ना गरिएको छ ।

    images
    images
    images

    दुर्गम क्षेत्रमा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको जीवनरक्षा तथा सुरक्षित मातृत्व सुनिश्चित गर्न मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत निःशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोरखा
  • # हवाई उद्धार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।