Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

नेकपाका उम्मेदवार 'होक्सी बम' सहित पक्राउ

नेकपाका उम्मेदवार 'होक्सी बम' सहित पक्राउ

images
  • नेकपाका उम्मेदवार 'होक्सी बम' सहित पक्राउ
    images
    images

    वीरगन्ज । पर्सा- २ का नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनलाई पर्सागढी नगरपालिका-बढनिहार क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

    images
    images
    images

    पर्सा प्रहरीक उम्मेदवार चौधरी सवार बा १० च १२५० नम्बरको गाडीमा शंकास्पद वस्तु भेटिएको बताएको छ । जाँचका क्रममा ‘होक्सी बम’ फेला परेको र नेपाली सेनामार्फत उक्त वस्तु डिस्पोज गराइसकिएको उनले जानकारी दिए ।

    images
    images
    images

    चौधरीसहित गाडीमा सवार अन्य तीन जनालाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा प्रसौनीका २६ बर्षिय आलम अन्सारी, धनुषाधामका ३० बर्षिय सुरज कार्की र पर्सागढ़ीका ६८ बर्षिय सत्यनारायण थारु रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार चौधरीमाथि निर्वाचन ऐन २०७३, मुलुकी फौजदारी संहिता अन्तर्गत विस्फोटक पदार्थसम्बन्धी कसुर तथा सार्वजनिक शान्तिविरुद्धको कसुरसहित तीन मुद्दामा अनुसन्धान अघि बढाइएको छ । सो घटनापछि निर्वाचन सुरक्षालाई लिएर पर्सा जिल्लामा सतर्कता थप कडा पारिएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।