Logo

२०८३, आश्विन १७गते


images
images

रुपन्देही -१ : ४ बजेसम्म झन्डै ६२ प्रतिशत मतदान

रुपन्देही -१ : ४ बजेसम्म झन्डै ६२ प्रतिशत मतदान

images
  • रुपन्देही -१ : ४ बजेसम्म झन्डै ६२ प्रतिशत मतदान
    images
    images

    देवदह । रुपन्देही क्षेत्र नं १ मा दिउँसो ४ बजेसम्म ९० हजार ६४५ भोट खसेको छ । निर्वाचन अधिकृतको कार्यालय शीतलनगरले ४ बजेसम्म ६१.७३ प्रतिशत  मतदान भएको जनाएको छ । 

    images
    images
    images

    जम्मा १ लाख ४६ हजार ८ सय २४ मत रहेको यस क्षेत्रमा हालसम्म मतदान सौहार्दपूर्ण रूपमा अगाडि बढिरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
      
    क्षेत्र नं १ मा राजनीतिक दलकातर्फबाट २० जना र स्वतन्त्रबाट ११ जना गरि जम्मा ३१ जनाको उम्मेदवार छन् । 

    images
    images
    images

    यस क्षेत्रमा देवदहका सबै अर्थात १२ वटा वडा, तिलोत्तमा नगरपालिकाका ९ वटा (वडा नं ७, ८, ९, १०, ११, १२, १५, १६, १७), रोहिणी गाउँपालिकाका सबै ७ वटा र ओमसतिया गाउँपालिकाका ५ वटा ( वडा नं १, ३, ४, ५, ६) वडा क्षेत्र नं १ मा समावेश छन् । जसमा कुल १ लाख ४६ हजार ८ सय २४ मतदाता रहेका छन् । 

    images
    images
    images

    कुल ४५ वटा मतदान स्थल रहेको रुपन्देही निर्वाचन क्षेत्र नं १ मा १५९ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालय क्षेत्र नं १ रुपन्देहीका प्रवक्ता कमल नेपालीले जनाएका छन् । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।